Posted by: CaMoFLaGeD May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

बिहिबारे जदौ यो सोझो कुम्लेको!

आज त जन्मभुमि र कर्मभुमि बिच को क्रिकेट युद्ध हेर्न (पढ्न) ब्यस्त भइयो! काम साम एकछिनलाई गोली मार!

हिजो बेलुका जिम्मालबाले लेखेका कुराहरु पढेर खुब हाँसियो! जिम्माल बा जस्तो चौतारीको औतारी दौतरी भेटे साथी खोज्न अरुतिर किन भौतारिनु पर्यो र!

सान्नानी ल एका बिहानै मग मग बासना आउने फूल ल्याइछौ अनि त्यस्तै हेर्दै खाउँ खाउँ लाग्ने खाना! धन्यवाद तिमीलाई!

राहुलदाई! के छ हालखबर?

बाँकिलाई जदौ!

Read Full Discussion Thread for this article