Posted by: Birkhe_Maila May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

फुटेको समाचार यानि कि ब्रेकिङ न्यूज ( लहरेकान्त लाकौलका लागि बिर्खबहादुर बोगटीबाट)-

भर्खरै देशमा गणतन्त्र घोषणा भए लगत्तै चौतारीमा खासखुस र छासछुस चल्न थालेको छ। २३९ बर्ष पुरानो राजसंस्था खतम भए पछि जो सुकै पनि राष्ट्रप्रमुख हुन पाउने कुरालाई लिएर अहिले चौतारीका औतारीहरुमा राष्ट्रपती बन्नलाई होडबाजि देखिएको छ।

 ठूल्दाई भनिने राहुलभाई रायमाझी आफू राष्ट्रपती बन्नु पर्नेमा दुइमत हुन नहुने धारणा व्यक्त गर्दछन्। बिभिन्न अनुभवका धनि रायमाझि भन्छन- " म:म पकाउने अनुभव मात्रै ३६ बर्षको छ र त्यसमा म:म खाने अनुभव ४० बर्ष जोड्दा ७६ बर्षको अनुभवहुने भएकोले राष्ट्रपती पद पाउँ, अरु मान्छे जतासुकै जाउँ, तारेमाम्"! साथै उनि यो पनि भन्दछन कि म:म को मात्र अनुभव नभएर चिलिम तान्दै जागिर खाएको अनुभव पनि २६ बर्ष रहेको तथा उक्त जागीर पनि सरकारी भएकोले, जाबो सरकार चलाएर जनतालाई म:म तथा चिलिममा आत्मनिर्भर बनाउन कुनै गाह्रो हुँदैन!

यसैगरि चौतारी महिना नेत्रि बसन्ति बासकोटा भन्दछिन- " नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल!"

यस्तै अर्का उदारवादी तथा बहुमुखि युवा नेता लहरेकान्त लाकौल भन्दछन- " मैले रसरंग ाप्रदानको  र गितसँगित ाताँसतुस महासखा खायो चलायो दामि गयो म रास्त्रपति बनेन भने मुद अँप हुन्छ।"

यसैगरि अत्यन्तै कमलो हृदय तथा ज्यानका धनि पर्वतेप्रसाद पुडासैनि खोक्छन "देशले अहिले सम्म दुख भोग्नु परेको मुल कारण शासकहरुको कडापन हो, यस्तोमा म नैपकिन लागेर घाइते हुने काइतेलाई राष्ट्रपती पद दिँदा काइदा हुन्छ!"

 

 

 

Read Full Discussion Thread for this article