Posted by: Amazing May 28, 2008
एउटा हत्यारा गयो -अर्को आयो
Login in to Rate this Post:     0       ?        
GP Dai, thanks for the text.
----------------------------

कालख्ण्ड्मा एक चोटी आउने एतिहासिक कदम , देशमा गणतन्त्र आयो, सयोउ बर्षा सम्म देश र जनता लाई चुसेर बसेका राजा रजाउटहरुको  शासन अन्त्य हुने भयो, यो मानेमा खुशी मान्नु नै पर्छ। तर आकाशबाट सुन र हीराको बर्सा हुन लागे झै गरी सोझा जनताहरुलाई झुक्यायैको चाइ मलाई अती नै मन परेन।

हामी नेपालीहरु साह्रै सोझा छौ, देशमा समस्या मात्रै छ, गरीबलाई केही छैन, पढ्न चाहनेलाई किताब छैन, गरीबको घरमा बत्ती बाल्ने पैसा छैन, धनीको गाडीमा हाल्ने पेट्र्‍ोल छैन, निरिह मान्छे हो भने भुइमा थुकेकै भरमा कार्बाइ हुन्छ, पहुच्वाला हो भने मान्छे लाई मारेपनी कानुन छैन। पढाई सक्यो जागीर छैन किनकी सोर्स फोर्स नै छैन। विश्वमै पर्यटक्को लागी सुन्दर देश तर आफ्नै एउटा बिमान चलाऊन सकेको छैन, जलस्रोत को धनी देश धाराबाट हावा आउछ। सबै जनताहरु यी सबै चीजबाट नीराश भएका छन, केही होला भन्यो फेरी उस्तै, कहिले माओवादीको ज्यादाती, कैले ज्ञानएको अचाक्ली, फेरी त्यसइमा महङी, दल्हरुको खिचातानी।

नहुनेहरुको त कसले सुन्न्ने, हुनेखानेहरुलाई पनि समस्या परेछ, दिउसै अपहरण गर्छन्, बिजुली छैन, खाना पकाउने ग्यास  पनी खतम। यी सबै कुराले रीसले चुर भएका जनता, आफ्नो भएभरको रीस पोख्न कहिले सडकमा उत्रछन त कहिले ति दलह्रु भनाउदरुले बजाएको डम्फुमा नाच्छन। रमिता एक्छिन्लाई रोकिन्छ फेरी दलहरु- राजावादी- मावोबादी- ले नौलो किसिम्को डम्फुको ताल रच्छन अनी सडकमा फेरी जनता नचाउछन। कहिले खुशीको संगीत भन्छन त कहिले आक्रोश्को तर त्यस्बाट जनतालाई केही फाईदा पुग्दैन, मात्रा दलहरुको मागिखाने भाडो

पहिला समिधान सभा भनी डम्फु थियो अहिले सबैभन्दा सुपर्हिट गणतन्त्र भन्ने रिमिक्स चल्दै छ, तर जनताहरुलाई भने यो सबै समस्याको औषधी हो भन्ने लागेछ र खान पिन बिर्सेंर दिन रात नाच्नमै ब्एस्त छन। म निराशाबदी त होइन तर एती धेरै खुशी हुनुपर्ने केही कारण देख्दिन, मान्छेहरु सबै उही हुन, १६ बर्षासम्मा देशलाई शासन गर्ने तिनै त हुन, खै के गरे? रह्यो अर्को कुरा सयोउ बर्षा सम्मा देशको ढुकुटी रित्त्यौने शाह राजाह्रु गद्दिहिन भये, तर त्यस्को ठौमा को आउछ त? त्यो भन्दा राम्रो मान्छेए आयो भने ठिकै छ तर सबै उही ड्आङ्का मुला न हुन, एउटा हत्यारा जान्छ अर्को आउछ।

पहिला धेरै जस्तो मोज एउटै मान्छे (ज्ञानए) र उसका परिवारअले गर्थे अब बाडिचुडी गर्छन्, जे होस् जनन्ताका छोराछोरिले जनतकै सम्पत्तिमा मोज गर्ने भये।


तर हाम्रा नेताहरु साह्रै लोभि र डर्छेरुवा छन त्यसैले बेला बेलामा एउटा नेपाली भएको नाताले डर लाग्छ।

आखिरमा भन्नै पर्यो 'गणतन्त्रको शुभकामना'
Read Full Discussion Thread for this article