Posted by: Nepe May 27, 2008
Two more weeks...Royal Palace..
Login in to Rate this Post:     0       ?        

स्याङ्जाली बन्धु,

 

जनताले माओवादीलाई चुनाव जिताईदिएर आजीवन शासनको लालमोहर लगाईदिएको नभई एउटा सानो साढे दुई वर्षे परिक्षणकालमा राखेका हुन् भन्ने कुरा अतिलालबुझक्कड बाहेक कानुनको क र राजनीतिको र नजान्नेले सुद्धा जान्ने कुरा हो ।

 

जनतालाई खुशी पार्न सकेकनन् भने माओवादीको शासकिय आयु साढे दुई मात्र हो । यति कुरा बुझेरै नेपाली जनताले मत हालेका हुन् ।

 

जनताले यत्‍ना वर्ष र दशकहरु माओवादी र नेपाली कांग्रेसको पागलपन र पाशविकतामा बिताईसकेपछि (आज हामीले यतिजना मान्छे मारेम भनेर सगर्व सरकार र माओवादी ले सन्चार माध्यमबाट घोषणा गर्ने गरेका दिनहरु धेरै पुराना भइसकेका छैनन्) दिएको जाबो साढे दुई वर्षको परीक्षणकाललाई जनताको हुईया भन्नेलाई म त टपरटुईयाँ भन्छु ।

 

Nepe

Read Full Discussion Thread for this article