Posted by: bikash kc May 27, 2008
गणतन्त्र नेपाल को अग्रिम बधाई अनी शुभकामना
Login in to Rate this Post:     0       ?        
समसामयिक
'शाहवंशको शासन एघार पुस्ता मात्र’
 
काठमाडौ, जेठ १३ गते । गुरु गोरखनाथले एघार पुस्तासम्म शाहवंशीय शासन कायम रहने भनी उहिल्यै भनेकाले निलम्बित राजाले हठ गरिरहे त्यो निरर्थक रहने बताइएको छ ।
जुम्लास्थित भैरवनाथ एवं चन्दननाथ मन्दिरका पूर्वपूजारी एवं गोरखनाथ गोरक्षपीठ मृगस्थलीका वीर महन्थ नरिनाथ योगीले गोरखापत्रसाग कुरा गर्दै सो बताउनुभयो ।
वरदानस्वरूप एकीकृत राज्य गरी राजा भएका पृथ्वीनारायणदेखि ११औा पुस्तासम्मका राजाले एक हजार छ सय वर्षअघि स्थापित मृगस्थलीस्थित गोरक्षपीठमा नआई गोरखामा दरबारकै भत्ता खाने पुजारी समूह राखी पूजा गर्ने तर अधिराज्यका सयौा गोरखनाथ पीठप्रति बेवास्ता गरेको दण्डको भागीदार पनि अहिलेका राजा हुन परेको योगी नरिनाथले बताउनुभयो ।
त्यति महìव नराख्ने गोरखाको गोरखनाथबाहेक अन्य पीठका योगीहरूप्रति शाहवंशीय इतिहासमा भोक, प्यास र अपमान मात्र भोग्न परेको बताउादै नाथ सम्प्रदायप्रति नै भएको हेलाले पनि राजा हठ गरेर बस्न नहुने योगी नरिनाथले बताउनुभयो ।
शाहवंशीय राजाको शासन, इतिहासमा मृगस्थली गोरखनाथ गोरक्षपीठको चार हजार पााच सय रोपनी जमिन हरण भएको बताउादै राजा नरेन्द्रदेवले राखिदिएको यो जमिन तथा प्राप्त हुने बालीप्रति कुनै राजाले चासो नदिएकाले राजा वीरेन्द्रको समूल नष्ट भई गोरखनाथले आज्ञा गरेसरह ११औा पुस्तापछिका राजाको अस्तित्व समाप्त हुन गएको पीर महन्थ नरिनाथले बताउनुभयो ।
उहााले भन्नुभयो, "जुम्लाको चन्दननाथ, भैरवनाथ, मुगुको छायानाथ, हुम्लाको खुर्पुनाथ, डोल्पाको तारानाथ, अछामको स्युनाथ, नोपालगन्जको बागेश्वरी, काठमाडौाको मृगस्थली, काष्ठमण्डप, फर्पिङको दक्षिणकाली थापाथली, डडेल्धुराको रास्कोट, दाङको पीर रतननाथलगायत थुप्रै मठका योगी अवहेलित अवस्थामा रहेको बताउादै गुरु गोरखनाथको वाणीको र नाथ सम्प्रदायकै अपमान गरेकाले ११ पुस्ताभन्दा पछिको शासन असम्भव रहेको पनि महन्थ योगी नरिनाथले बताउनुभयो ।
उहााले भन्नुभयो, "वरदानका नाताले मृगस्थली गोरखनाथ पीठलाई राजाले मान्नुपथ्र्यो तर शाहवंशीय इतिहासमै गोरखनाथ पीठमा दर्शनका लागि राजा आएनन् ।"
"त्यसैले गोरखनाथको आज्ञा वाणीबमोजिम पनि एघारौा पुस्तासम्म राजाको अस्तित्व रही त्यसपछि अस्तित्व समाप्त हुने कुरामा राजा र राजाका मान्छेले विश्वास गरून्", महन्थ नरिनाथले भन्नुभयो ।
http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=940&cat_id=14
Read Full Discussion Thread for this article