Waka-jyu,
गजलको सिद्धान्त मात्र जटील हो, गजल स्वयं नै चाही जटील कुरा होईन । फेरि सिद्धान्त पनि गजल भन्दा पहिले आएको होईन, बरु धेरै गजलहरुको अवलोकन गरेर तीनमा निहित विशेषताहरुको सारांश मत्तै हो यो ।
गजलको अब एउटा अर्को पक्ष कोट्याउन चाहन्छु । हुन त यो सबै वर्गका कवितामा लागु हुने कुरा हो, तर गजलमा भने यो बेसी नै प्रयोग हुन्छ । र त्यो हो – बिम्ब (imagery, symbol, metaphor, simile etc) । कुनै पनि वस्तुलाई त्यसको मौलिक नामबाट भन्दा पनि त्यसको चित्रण, प्रतिक, उपमा, संकेतबाट व्यक्त गर्ने । वास्तवमा गद्य र पद्यको एउटा एउटा सबभन्दा ठूलो अन्तर नै यही हो । गद्यको भाषा मौलिक वस्तु हो, पद्यको भाषा उपमा हो ।
तपाईको पछिल्लो गजलमा प्रयोग भएका केही प्रतिक र उपमाबाट ( राजा, चिनी, नुन, घातको दाम्लो, खाता आदि) उत्साहित भएर यो टिप्पणी थपेको हुँ ।
आसा छ आगामी रचनाहरु अझ बढी उपमा-समृद्ध हुँदै जानेछन् । समृद्ध उपमाहरुले गजल सुन्दर, मीठो, लचकदार र sexy बन्छ ।
समस्त शुभकामनाहरु सहित,
Nepe