Posted by: harikancha May 24, 2008
Ian Baker -
Login in to Rate this Post:     0       ?        

Ian A. Baker studied fine arts, literature and comparative religion at Oxford and Columbia Universities and has written extensively on the art and culture of Tibet and the Himalayas.

Recognized by the National Georgraphic Society as one of six "Explorers for the Millennium", his previously published works include The Tibetan Art of Healing (Thames & Hudson, 1997). He lives in Kathmandu, Nepal, and has been a student of Tibetan Buddhism for more than twenty years.

डेढ ट्रक मुर्ति र बन्य जन्तु अंग बरामद
डेढ ट्रकभन्दा धेरै पुरातात्विक महत्वका सामाग्री तथा बन्य जन्तुका अंग अमेरिकी नागरिक इयान बेकरको डेराबाट बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ । चौबिस वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकी नागरिक इयान बेकरको राजधानीमा रहेको डेरा तथा राजधानीको बालुवाटारस्थित राजेश महर्जनको घरबाट डेढ ट्रकभन्दा धेरै पुराना मुर्ति, दुर्लभ जनावरका अंग तथा पुरातात्विक महत्वका सामानहरु बरामद भएको छ । महानगरीय प्रहरीको अपराध महाशाखा हनुमानढोकाले जेठ १० गते पत्रकार सम्मेलन गर्दै ती सामानहरु प्रदर्शन गरेको थियो । सामानसँगै महर्जन पक्राउ परेका छन् भने अमेरिकी नागरिक बेकर थाइलैण्डको राजधानीमा बैंककमा रहेको महर्जनबाट खुलेको महानगरीय प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक उपेन्द्रकान्त अर्यालले बताए । अमेरिकी नागरिक बेकरले 'नेशनल जोग्राफिक' तथा 'न्युज विक म्यागेजिन' को फिचर लेखककोरुपमा आफूलाई चिनाउने गरेको पनि अर्यालले जानकारी दिए ।



वरिष्ठ प्रहरी उपरिक्षक अर्यालले महर्जनलाई बन्य जन्तु चोरी निकाशी तथा पुरातात्विक सामान चोरी निकाशी अभियोग लगाइने जानकारी दिए । बैंककमा रहेका अमेरिकी नागरिक बेकरलाई 'रेडकर्नर नोटिस' जारी गरी झिकाइने तथा कारवाही गरिने पनि अर्यालले उल्लेख गरे । प्रचलित कानुन अनुसार,  बन्यजन्तुका अंग चोरी निकाशी गरे ५० हजारदेखि एक लाख रुपैयाँ सजाय तथा ५ देखि १५ वर्षकैद हुने ब्यवस्था छ भने पुरातात्विक सामान चोरी निकाशीमा २५ हजारदेखि एक लाख रुपैयाँ जरिवाना तथा ५ देखि १५ वर्षसम्म कैद हुने ब्यवस्था छ ।

 यसैगरी, महानगरीय प्रहरीको अपराध महाशाखाले आजै पत्रकार सम्मेलनमा बैशाख २७ गते राजधानीको मगर गेष्ट हाउसमा पूर्णबहादुर घर्ती मगर र रणबहादुर घर्ती मगरको हत्यामा संलग्न छविलाल घर्ती मगर र अनिल घर्ती मगरलाई सार्वजनिक गरेको छ । अनिल घर्ती मगर माओवादीको जनमुक्ति सेनाका पूर्व सदस्य तथा वाईसीएल कार्यकर्ता रहेको प्रहरीले बताएको छ ।

http://www.himalkhabar.com/news.php?id=969

.

Read Full Discussion Thread for this article