Posted by: दशैँ तिहार May 24, 2008
motivating people
Login in to Rate this Post:     0       ?        

अघिल्लो हप्ता सियर्स (लुगा-फाटो आदि किनमेल गर्ने ठाउँ) मा जाँदाको एउटा घटनाको बारेमा लेख्न मन लाग्यो। Mall भित्र एउटा spacious ठाउँ जहाँबाट धेरै जना मान्छे आउने-जाने गर्थे, हामी पनि त्यहाँ (एस्कलेइटरबाट ओर्ले पछि) पुग्दा माइकिङ् गरेर मानिसहरुको ध्यान आकर्षित गरिँदै रहेछ। हामी पनि यसो के रहेछ भनि हेर्दा त लु’कीमिअ: (leukemia) रोग लागेकाहरुलाई सहयोग गर्न भनि फन्ड् रेइजिङ् गरिँदै रहेछ (लु’कीमिअ: = शरीरबाट अति धेरै white blood cells उत्पादन हुने रोग)।

फन्ड् रेइजिङ् गर्ने तरिका नौलो लाग्यो मलाई। त्यहाँ भिडमा भएका मान्छेहरुमध्ये जो सुकै पनि अगाडि गएर मसिन् बाट कपाल खौराउन चाहन्थे, त्यहाँ खटिएका भलन्टियरहरुले नि:शुल्क सेवा प्रदान गरिरहेका रहेछन्। यसो गर्दा के हुने भयो भने त्यहाँ कपाल काटेर फन्ड् रेइजिङ् भैरहेको दृश्य हेर्न पुग्ने कयौँले (किनमेलका लागी आएकाहरु मध्येबाट) स्वत:स्फुर्त प्रेरित भएर सहयोग गर्ने भए। अनि साथसाथै, कपाल कटाइपाउनेहरुले पनि राम्रो उद्देश्यको लागि गरिएको कामका लागि कसरी नि:शुल्क सेवा लिन मान्थे होलान् र? यसो थोरै बिचार गरेरै पनि सकिँदोरहेछ मान्छेहरुलाई राम्रो कामको लागि गरिएका पहलहरुमा सहभागी गराउन।

Source: My blog

Last edited: 25-May-08 12:18 AM
Read Full Discussion Thread for this article