Posted by: तिका: May 23, 2008
अधिनायकवादका नमुना †
Login in to Rate this Post:     0       ?        

२०४५ सालमा मोहन वैद्य किरणलाई किक आउटु गरेर नेकपा मशाल को महामन्त्री बनेदेखि लगातार २० वर्षसम्म पार्टीको नेतृत्व हत्याउन सफल माओवादीका अध्यक्ष प्रचण्डले आफू चरम अधिनायकवादी भएको पुष्टि गरेका छन् । 

माओवादीभित्र पटक-पटक महाधिवेशनको आवाज उठ्ने गरे पनि पार्टी स्थापना भएयता एउटै पनि महाधिवेशन भएको छैन । पार्टीभित्र अधिनायकवाद लाद्दै आएका प्रचण्डले नचाहेकै कारण महाधिवेशन हुन नसकेको बताइन्छ । पार्टीको अध्यक्षको फेरबदल महाधिवेशनले मात्रै गर्न सक्ने प्रावधान भएकाले त्यसबाट सशङ्कित भएर उनले महाधिवेशन टार्दै आएको माओवादीनिकट स्रोतले बतायो । नेकपा माओवादीको विधानमा प्रत्येक पांच-पांच वर्षमा महाधिवेशन गर्ने भन्ने उल्लेख छ । तर ०४७ सालयताको १८ वर्षसम्म महाधिवेशन हुनसकेको छैन । यसबीचमा ०५१ मा चितवनको माडी र ०५७ मा भारतमा दुईवटा राष्ट्रिय सम्मेलन र ०६३ मा चुनबाङमा विस्तारित भेला भएका छन् । चुनबाङ बैठकमा केही केन्द्रीय सदस्यले महाधिवेशनका लागि दबाब दिएपछि  केन्द्रीय कमिटी विघटन गरी प्रचण्डको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी बनाइएको थियो । विधानतः महाधिवेशन आयोजक कमिटी बनाएको ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने भए पनि तीन वर्ष पूरा भइसक्दा पनि प्रचण्डले महाधिवेशन गर्न चासो देखाएका छैनन् । अचम्म त के छ भने त्यही आयोजक समिति अहिलेसम्म नै कायम छ ।

राष्ट्रिय राजनीतिका खास मोडहरुमा विशेष निर्णय गर्न महाधिवेशन गर्नुपर्ने हुन्छ तर अधिनायकवादी चरित्रका प्रचण्डले पार्टी सशस्त्र सङ्घर्ष छोडेर शान्ति प्रकि्रयामा अवतरण हुनेजस्तो ऐतिहासिक मोडमा पनि महाधिवेशन बोलाएनन् । त्यो माओवादीभित्रको तानाशाही र अधिनायकवादको गतिलो नमुना हो।

माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र स्टालिनको जस्तो अधिनायकवादको अभ्यास गरेको र  एकमना अधिनायकवाद पदलोलुपता र सामन्ती उत्पादनमा टिकेको शक्ति हो । पार्टीको सङ्गठन नै अधिनायकवादको मलजलमा हुर्किएकाले अब माओवादीले सरकारको नेतृत्व गर्दा सत्तामा पनि फासीवादको खतरा रहेको छ । संविधानसभामा ठूलो दलको हैसियत बनाएर सरकार गठन र विघटन दुईतिहाइ बहुमतले गर्ने भन्ने अन्तरिम संविधानलाई संशोधन गर्न माओवादी असहमत देखिनुले उसमा सांच्चिकै फासीवादको गन्ध देखापरेको छ ।

०६१ माघमा पार्टीभित्र फरक मत राखेको आरोपमा डा। बाबुराम भट्टराईलाई कैद गर्नेसम्मको तानाशाही प्रवृत्ति देखाएका प्रचण्डले आगामी सरकारको प्रधानमन्त्री र राष्ट्रपति दुवै आफू हुने दाबी गरेका छन् । जसरी हुन्छ फरक मत राख्नेलाई पेलेर जाने विचारबाट हुर्किएका प्रचण्डले नेतृत्व गर्ने आगामी संसदीय राजनीति तानाशाही फासीवादको नमुना बन्ने छ ।

Source Budhabar Weekly, slightly edited

Read Full Discussion Thread for this article