Posted by: Birkhe_Maila May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

बाढिले चौतारी गाउँको बहुसंख्यक भाग प्रभावित:

 

हालै लामो बिदा नभएको कारण देखाई सान्नानी सापकोटाले आँखा बाट गंगा जमुना बगाएको सर्वविदीतै छ। उक्त गंगा जमुना नथामिएको कारण बाढि आएर व्यापक क्षति अहिले चौतारीका सदस्यहरुले  बेहोर्नुपरिरहेको छ।

बाढि बाट बढि प्रभावित कन्ननिडाँडामा बाडिले उक्त स्थान निवासी एक सदस्य भगुतभाई भन्डारीको सम्पूर्ण शरीर र थुतुनो पखालिदिँदा उनको वास्तविकता झल्कन गइ भगुतभाई मुर्छा परेको जानकारि हामिलाई प्राप्त भएको छ। अनुहारको छ्याका र ठेउलाको दाग सबै छर्लंग भएको तथा, नक्कलि कपाल (विग) बगेर जाँदा पुन्टेन्द्र परियारको भन्दा चिल्लो तालु देखिएको, बाढिले बगाएको ढुङ्गा मुढाले थुतुनो बजार्दा नक्कलि दाँत सबै झरेर गएको, पौडेर पारि जान खोज्दा प्लास्टिकको हातले धर्मका साथ साथै जिउ नै छोडिदिँदा उनि मर्माहात भएका थिए! करीव ९ बजे तिर पुगेको उद्दार टोलीले सालको मुढा भन्ठानेर पाखा लगाउन खोज्दा बर्बराइरहेको सुनेपछि कुनै प्राणी हुन सक्ने आशंकामा एक बाल्टिन पानी हालेर पखालेपछि भगुतभाई नामको मनुष्य भएको कुरा पत्ता लगाएका थिए! अहिले उनको स्थिती नाजुक छ र बेला बेलामा मुर्छा पर्ने र बेला बेलामा होश आउने क्रम जारी छ।

बाढिको प्रकोपले चौतारीका प्राबिधिकहरु पनि अछुत रहन सकेनन्। सिक्वेल गुरु मानिने रबिलाई बाढिले उनको पिएलसिक्वेलको सम्पूर्ण सेमिकोलनहरु पखालिदिँदा उनको शरीरको सम्पूर्ण ट्रिगर र इन्ट्रेग्रिटि कन्स्ट्रेन्टहरु डावाँडोल हुन पुगि उनि ह्याङ्ग् भएका छन्। उनका मित्र तथा हाम्रा संवाददाता लहरेले उनलाई 'रिस्टार्ट' गर्न खोज्दा एउटा कान निमोठ्नु पर्नेमा अर्को कान निमोठेकोले उनि यतिबेला 'सटडाउन' हुँदैछन्।

बाढिले सबै भन्दा बढि भिजिबल असर बसन्तीलाई गर्न पुग्दा नराम्रो असर रिट्ठेलाई परेको छ। बाढिले बसन्तीको गुलाबी रंग पखालेर कालो बनाइदिँदा आफ्नो अगाडि आएको बसन्तीलाई पनि नचिनेर रिट्ठे " हा पिया हा पिया!' भन्दै गुलाबि रंग खोज्दै गरेको अबश्थामा उद्धारकर्मीहरुले गुलाबको काँडाले जेलिएको अवश्थामा फेला पारेका थिए! उनको शरीरबाट काँडा निकाल्ने क्रम जारी छ र यो क्रम उनको जीवनपरयंत कायम हुन सक्ने कुरा जानकारहरु बताउँदछन्!

लामो विकेन्डमा लामो मस्ति गर्ने मनसाय बोकि, मुखको मुकुन्डो उतारेर ठिटो बनेका बिस्टेराम बिस्ट पनि बाढिको प्रकोपमा मुछिन पुगे। चाउरि परेको मुकुन्डो फुकालेर रसिलो थुतुनो लिएर हाँसि हाँसि बसिरहेका बिस्टे, एक्कासि आएको बाढिमा पखालिन पुग्दा उनको रसिलो लेयर पुछिएर पुन: भित्रको चाउरि परेको लेयर देखा परेको छ। यो देखेर यस्तै परिस्थीतीका अनुभवि राहुलभाई रायमाझी, बिस्टेको थुतुनोको लेयर कतिवटा रहेछ भन्दै केयर गर्दै बसिरहेका छन्।

 

 

Read Full Discussion Thread for this article