Posted by: Nepe May 22, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

 GP wrote:

>Hoina Hamro Nepe sir kaha janu bhayo! Ek sabda

>bolnu bhayena. khub bolnu hunthyo ....

 

GP-jyu,

 

गम्भिर र शालिन कुराकानी/छलफल हुनुपर्छ, बोलाउँदा म नआउने कुरै छैन । तर अन्य प्रकृतिको कुराकानीको लागि भने मसंग अब उर्जा र जाँगर दुबै रहेन । त्यसैले म साझाका सबै प्रकृतिका छलफलमा सामेल हुन नसक्ने बेहोरा निवेदन गर्दै सबैसंग अग्रिम क्षमा माग्दछु, रे क्या ।

 

जहासम्म तपाईले जिज्ञासा राख्नुभएको मेरो धारणाको कुरा छ, यो जनयुद्ध शुरुभए यताका अवधी भर एकजना होईन हजारौं रामहरिश्रेष्ठहरु अपराधको शिकार भएका छन् र तीनका परिवारजन आँसुमा डुबेर साँचो सूचना र न्यायको दिन पर्खेर बसिरहेका छन् । ती समस्त पीडितहरुलाई न्याय दिलाउने प्रणालीको खोज नै वास्तविक न्यायको लडाई हो । मेरो विचारमा त्यस्तो प्रणाली भनेको एक-दूई घटनालाई सडक न्याय दिलाएर बाँकीलाई बेवास्ता गर्नु नभई सबैलाई सधै भरि सबै मामलामा एकैनासे न्याय अर्थात अदालती न्याय दिने प्रणालीलाई बढावा दिनु, काम गर्न लगाउनु र काम नगरेको खण्डमा मात्र अन्य विकल्पको खोजीमा जानु हो ।

 

त्यसैले अहिले चलिरहेको आन्दोलन त्यो बिन्दूतिर जाने मार्गप्रशस्त गर्ने हदसम्म ठीक हो । सडकमै न्यायसम्पादन गरेर सक्नेतिर लाग्न हुँदैन ।

 

अदालतमा जाऔं । मूद्धा हालम् । अदालतलाई काम गर्न लगाऔं । न्यायको नजीर स्थापना गरौं र त्यही नजीरद्वारा बाँकी समस्त पीडीतहरुलाई न्याय खोज्ने र पाउने बाटो बनाईदिम् मेरो यही आग्रह हुनेछ रामहरिश्रेष्टको न्यायको निम्ति आन्दोलन गरिरहेका समस्त न्यायप्रेमी जागरुक नागरिकहरुलाई र केही पनि नगरेर त्यसै बसिरहेका नागरिकहरुलाई समेत ।

 

 

Nepe

 

 

Read Full Discussion Thread for this article