सुईईईईईईईईईईईईईईईय!
चईनि, भउते नै हरा'सि त पिर परेथो। मेरी साली जुरेली लै भगाएछ क्यार सोंचेम्, अन्खेरुन् जुरेलीको कोठाँ ट्याक ट्याक अरेको, सास आयो। मोरी भित्रै रैछे।
"के भो भेना? ब्यान ब्यानै बाले नि बास्या' छैन, दिदी उतै होलिन्, क्यार्न हाँरो कोठाँ छोर्ने आँट गरेऊ?" भन्दै पापीनी मोरीले मुलाई पो आरोप लाम्न ला'थिन्।
"हन, चईनि, ए दुष्टिनी! के खान पाप सोंच्छौ? तिम्रै ज्यान ठीकै होला के रे भुनेर हेर्न आ'को" भन्दै भउते हरा'को खबर सुनाईदिएं। आखिरी साली कस्को? जत्ति सुकै टराइ मारेनि हाम्रै हो के रे नि। उनलाई नि पत्तो थे'न भउतेको। "हाई सऽऽऽऽन्चै भो। नकचरो मुर्दारले जिस्कार, लईन मारेर हैरान अर्थे" भन्दै सास तानी।
चईनि, तो भुँडे सार्कीले देख्या पँधेराँ ने'र हाम्ले नि झुलुक्क त देकेथेम् के रे भउतेलाई। भुँडेले भने झैं आँखाऽट बर्बरी आँसु झार्दै जरोले बर्बरा' झैं अरि के के फत्फताउँदै थो।
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?" भन्दै हाम्लाई हेर्दा नि नहेरी मन्त्र जपे झैं थे'।
"हन ए, भउते! जवान छौ, लाउँला खाउँला छौ, क्यार्न, चईनि, पिर मान्छौ? जिम्मालेको साईत जुरेछ, के भो त? तिम्रो नि दिन आउला नि!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"पिर नमान, भउते काजी। साली त दिन मिल्दैन। कुरो मिले हाम्ले नै कान्छी बनाम्ने हो, तर कोई खोज्दिम्ला हामी नि!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"सायद, चईनि, जिम्मालेले बिहे अरेर, चईनि, तिम्रो बाटो खोल्देका छन् कि? सुनेको, बज्जेको दुलईको नि भसक्कै छन् रे बुईनिहुर!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"हाँरो कुरा त सुनेछौ, भउते? कि कानाँ कपास हालेर मन्त्र जप्दैछौ?"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"ए भउते! बौलायेऊ कि के हो? कुरा सुने हो????"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"(((((((((((((((((((((ए!!!!!!!!!!! भउतेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!)))))))))))))))))))))))))))"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
कठै! मुया नि लाम्छ के रे, तर जोई पाईन भन्दैमा, चईनि, यस्तरी औतारीनु पर्ने हो र? सिस्नु पानीले झय्ाम् कि झ्याम् पिटेर, चईनि, होसाँ ल्याम् कि झैं त ला'थो। आऽऽ होस् त नि, आफैं ठीक होला नि, जिम्मालेको छोरो को पास्नी सम्मुन् त भुनेर, चईनि, तेईं छोडेर हिंडेको हामी त।
त्याँसी कता मुन्टो, दैव जानुन्।