Posted by: Birkhe_Maila May 22, 2008
लौ न Bhaute फेरी हरायो !!!!
Login in to Rate this Post:     0       ?        

गाम्ले हो , मैले दुई-चार गाम चहारेर निकै खोजिनिती अरेर आएँ के रे, भउते बजियाको निश्चित ठेगाना चाइँ पाम्न सकिएन तै पनि कता लाग्या छ एसो भेउ चाहिँ पाइया छ!

"मित ज्यू, गरिप भ' र सारै दुख पाइयो, एसो दुई-चार दाम कमा'र ल्याम्न पा, गैह्रि खेन नि निखनिन्थो जिम्मालको रिन नि तिर्न हुन्तो" भनेर गएको हप्ताको सोमबारको दिन, हाउँरो साइँलो कप्तानलाई भनेर ओरालो झर्या थ्यो रे! त्याँसि तल माझिगाममा झरेसि, बाटुलेको चौतारिमा बसेर मकै भटमास पेटभरि खायो रे, कान्ला मुन्तिर फर्केर पिसाब फेरो रे अनि खोलो तरेर पारी जान हिनो रे! यो सपै देख्ने हाउँरो आइते काइँला रेछ। खोलो ठूलो भ'र क्यारि तर्नि क्यारि भएछ, आइते काइँलाले तार्देको रे!

 "भउते बाजे टाढै हिँड्नुभो?" भनेर सोधेको रे " खै काइँला, टाढा भनम कि नजिक भनम यो गामका मुन्छेले नभेट्ने ठाममा चाइँ नगइ भएन!" भनेर भन्तो रे! अनि फेरि " कइले फर्कन्छौ त बाजे?" भनेर सोध्दा " कहिले हो कहिले काइँला ठेगान छैन" भनेर आरुको गेडा जस्तो थुतुनो खुम्च्यार बाटो लागो रे! निकै दुखि देखिन्थो रे!

त्याँसि बाटबाटै गए बनै बन छ के रे, अलि मास्तिर पुगेसि रिट्ठेकोट गाम आम्छ के रे, तेतै लागो कि भनेर हेरि म रिट्ठेकोट पुएँ गाम्ले हो! तेता गाममा उकालो लाग्दै थिएँ भुँडे सार्किलाइ भेटेँ! " कता जान लाउनुभो बाजे?" भनेर सोधो, अनि मैले नि " हाउँरो भउते बेपत्तै भओ, एतातिर आ' जस्तो मानिछु मेसोमेलो बुझ्दा, देख्यौ भुँडे?" भनेर सोध्या,  "अस्तिनखेरुन कुन्दिन हो तल पँधेरामा खलखलि अनुहार पखालेर थकाइ मार्दै देख्या हो हउर! म यहिँ आरनमा काम गरिरा थेँ, एकछिन थकाइ मारेर धुरुधुरु रोएको मइँले आफ्नै कानले सुनेको हउर, त्याँसि फेरि एक बाजि अनुहार पखाल्नुभो!" " ए बाजे क्यार्न रुनुभा छ?" भनेर मइँले सोध्दा केइ बोलेनन् हउर निकै बेर, अलि ब्यार पछि "भुँडे बेखर्चि छु, गाममा फर्कन भा छैन, शहर जानु पर्ने बस चढ्ने खर्च नि छैन, दुइ सए रुप्पे दाम दे त म फर्केर दिउँला" भनेसि मैले इँजारघर बाट दुइ सए रुप्पे दाम दे'र पठा हो, त्याँसि कता लाउनुभो मइँले देखिन हउर!" भनेर भनो! तेताटि पर जान नि यो ज्यानले देन गाम्ले हो अनि फर्केर आएँ! अलि ठिटा पाटि कोइ छौ भने खोज्न जाओ त!

Read Full Discussion Thread for this article