Posted by: upendrajee May 22, 2008
वाईसीएल ज्यादती
Login in to Rate this Post:     0       ?        

माओवादीद्वारा जग्गाधनीको हत्या

कास

सर्ुर्खेत, जेठ ८ - जग्गा भोगचलन विवादमा माओवादी कार्यकर्ताले कालीकोटमा बन्चरो प्रहार गरी एक जग्गाधनीको हत्या गरेका छन् ।

कालीकोटका प्रहरी प्रमुख डीएसपी महेशकुमार भट्टर्राईका अनुसार सदरमुकाम मान्मादेखि २३ कोस उत्तर पर्ने खिन गाविस-३ का जयलाल बमको बन्चरोले हानी गत शुक्रबार हत्या गरिएको हो । सोही गाउ“का विक परिवारले बमको जग्गा केही वर्षेखि भोगचलन गर्दै आएका थिए । काठमाडौंस्थित नेपाली सेनाको दैनिक मिडिया अनुगमनले बुधबार जारी गरेको प्रतिवेदनमा कब्जा गरेको जग्गा फिर्ता माग्दा बमको बन्चरोले हानी हत्या गरिएको उल्लेख छ । प्रतिवेदनले हत्या गर्ने वाईसीएल कार्यकर्ता रहेको बताएको छ ।

डीएसपी भट्टर्राईका अनुसार घटनामा संलग्न रहेको अभियोगमा थिरपु प्रहरी चौकीले सोही गाउ“का १५ दलितलाई नियन्त्रणमा लिएको छ । 

Read Full Discussion Thread for this article