Posted by: serial May 22, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

                                                                        फुटेको समाचार
अहिले भक्खर प्राप्त जानकारी अनुसार नयाँ खर्क निवाशी चौतारी कै सल्मान खान को नाम ले कुख्यात रिट्ठे भनिने रिट्ठे रायमाझी तीन फीत पानी भएको पोखरीमा डुबेको छ। पौडी खेल्न त बच्चै देखी सिकेको तर केटी देखेपछी आँखा घुमाउनै पर्ने आफ्नो बानीले गर्दा चुर्लुम्म पानी मा डुब्न पुगेको बताइएकोछ। एसरी गम्भिर घाइते भयता पनि पर्वते जस्तै बेहोस् चाँही नभएको पनि जानकारी गराउन चाहन्छौ।

चेली चाम्लिङ बिगत केही दिन देखी चौतारीमा कोही नहुदाँ आउने र नमस्ते भन्ने एक शब्द प्रयोग गरी कुल्लेलाम ठोक्ने गरेको देखेर यो सम्वाद्दाता आँफै आस्चर्य चकित भएको छ। चौतारीमा एसै गरी चेली को सकृयाता मा राह्स आएमा कारवाहिमा पर्ने कुरा गोप्य ब्यक्ती बाट थाहा भएको छ।

ठुल्दै भनिने राहुल भाई रायमाझी को ३६ बर्शिय अनुभब लाई चुनौती दिदै हुस्तन भनिने ठाउँ मा म: म; पसल खोलेको छ। पाँच तिरेर आठ पाइने त्यो म: म: कस्तो छ अहिले सम्म थाहा नभएको तर चाडै नै जिम्बाल भनिने बिर्खे बहादुर बोगती जिम्बाल्नी लाई डेतिङ तेही पसल मा लाने कुरा पनि पत्ता लागेको छ। सो म: म: ठुल्दै को टक्कर को छ कि छैन त्यो कुरा जिम्बाल बाटै थाहा हुने छ।

चौतारी गीतिलहर कार्यक्रमक सह-सन्चालिकामा परेको उजुरिको अहिले सम्म केही निर्णय आको छैन। हिजै आउनु पर्ने निर्णय आजै सम्म नआएकोले स्वयम म नै चकित भएको बेहोरा पनि बताउन चाहन्छौ।

आजको अन्तिम समाचार
ठुलि भनिने ठुलि माया ठकुरानी पोइला गएको कुरा चौतारीमा फैलिएको छ। एस सम्बधमा दाने सँग संपर्क गर्ने प्रयास भईरहेकोछ तर जती पल्ट फोन गर्दा पनि संपर्क हुन सकेको छैन। र एसै सम्बधामा आजको चौतारी सवाल - ठुलि को सँग पोइला गैइ त -
क) मान्छे सँग
ख) मान्छे को साथी सँग
सहि जवाब हामीलाई २५२५ मा एस एम एस गरेर पठाउनुस्।
अहिलेलाई समाचार एतिनै। नमस्ते।  
 

Read Full Discussion Thread for this article