Posted by: तिका: May 22, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

साँचो कुरा के हो भने, माओवादी पार्टी भित्र मानव जीवन र अज इतर विचार राख्नेहरूको जीवनलाई भुसुना समान नठान्ने र तिनलाई यो संसारबाट सफाया गर्न पर्छ भन्ने आदिम बर्बर सोच विद्यमान छ । माओवादीले गराएको रामहरी काण्ड यो शृंखलामा देखिएको ‘टिप अफ दि आइसबर्ग’ मात्र हो , उसका अपराधहरूको फेहरिस्तले हजारौँ पेजहरू भरिन सक्छन् तर यो छिल्लो अपराध त ऊ स्वयं सत्ताको अधिकारी ‘मै हुँ’ भन्ने हूंकारले डुक्रिन लागेको बेला घटाएर यति बिघ्न चर्चित बनेको हो ।यसले जवाफदेहिताको राजनिति जंगली शैलिमा चलाउन खोज्दा के हस्र हुन पुग्छ भन्ने कुराको संकेत सम्म दिन खोजेको हो । अनि, यो एउटा अपराध नै माओवादीले घटाएको सबैभन्दा पहिलो र अन्तिम अपराध हैन , यो त उसका आपराधिक कृत्यहरूको राशि धूरीबाट कराउन खोजेको कुराको प्रमाण मात्र हो । माओवादीले राजनैतिक रूपमा यसो गर्‍यो उसो गर्‍यो भनेर उसको भाट बनेर प्रशंसाको पुल बाँध्न नखोज्ने हो भने, उसले हाम्रो शान्तिप्रिय समाजको शान्ति र साहचर्यको मौलिकतालाई कहिलै फेरि कायम गर्नै नसकिने गरी धूजाधुजा क्षतविक्षत पारेको छ। उसका गैरजिम्मेवार कार्यहरू र अनुशासनबिहीन कथित क्रान्तिका कारण आज समग्र मुलुकमा अपराधहरू राजनैतिक रूपमा ‘ग्लोरिफाइड’ भएका छन् । माओवादीका आफ्नै बन्धनबिहीन मिलिसियाको अपराध र अराजकता आफ्नो ठाउँमा छँदैछ, आज माओवादीबाट जन्मेका दशौँ झड्केला सन्तानहरूले रोपेको हिंसा र हत्याको शृङ्ला मेचीदेखि महाकाली बनेर दुखिरहेको छ । माओवादीले आफ्नो बाह्र वर्षे युद्दमा मान्छेलाई मान्छे नभनेर ‘माओवादी समर्थक कामरेड’ र “असहमत वर्गशत्रू’ भन्न मात्र सिकाएको छ र यसैका आधारमा , क्रमिक मानव हत्याको जघन्यतालाई उसले आफ्नै मनोगत शैलिमा सर्वत्र त्राहिमाम् बनाउने शैलिमा व्यापक बनाएको छ । अनि उसंग असहमत हुनेहरू र उसका कृत्यका मूक सांक्षी बन्न नखोजेर आलोचना गर्न खोज्नेहरूको विचार उसलाई सह्य छैन । यस्ता श्वरहरू उसको बुझाइमा सामन्तवादी बन्न पुग्छन् उसको कारवाहीका भागिदार ।

अत: हिंसा, हत्या र वैमनस्यतामा आधारित राजनीति निर्देशित भएर विचार, काम र व्यवहार गरूञ्जेल , नेपाली माओवादीहरू जवाफदेही राजनैतिक शक्ति बन्नै सक्दैनन् । माओवादीहरूको हिंसात्मक जुनून उनिहरूको प्रवृत्ति र पद्दति हो , रामहरीमा काण्डमा आएर जनताको आक्रोश विष्फोट हुन खोजेको मात्र हो । उनहरूको क्रान्तिकारिता हत्याको रगतको पोखरीमा आधारित बनूञ्जेल, हाम्रो नियति यही र यस्तै हुनेछ ।

पार्टी भित्रका केही आपराधिक तत्तवले हैन , आज सिंगो माओवादी पार्टी र उसका समर्थकहरू समेत बिरोधि मान्छेलाई जीउँदै चिथोरेर मार्ने सोच र व्यवहारबाट आक्रान्त छन् । यो सत्य हो , सत्यलाई सामना गर्ने उनीहरूको एउटै तरिका हुने गरेको छ - बन्दूक र हतियारको धमाश । उनीहरू यसबाट पर गएर सोच्नै सक्दैनन् । अब त सामान्य स्कुले केटाकेटीको झगडाको मध्यस्थता गर्न पनि बन्दूक बोकेका वाइस्यालको आगमन हुने गरेको छ । मानौँ यो बन्दूक सर्वऔषधी नै हो । माओवादमा अहिले बन्दूक नबोकेर केही गर्न सकिन्छ भन्ने सोच नै छैन । त्यसैले त बन्दूके विविधबाट झक्कू र प्रचण्ड समेत आँफू निरिह बनाइएको स्वीकार्दै छन् ।
माओवादीले राजनीति गर्ने र गरेका हुन भने , यो अपराधिक झुण्ड र प्रवृत्तिबाट ऊ अलग्गिनै पर्छ , अब पनि गल्ति भयो भन्दै अरण्य रोदन रोएर गोहीका आँशू झारेर रामहरी र हजारौँ रामहरीका चोक्टाहरूको श्वादमा जिब्रो फट्कारिरहनु हुन्न !!!

Comment by अनुजबाबु — May 22, 2008 @ 5:31 am

source mysansar

Read Full Discussion Thread for this article