Posted by: तिका: May 22, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

देशमा कुनै मान्छे मारिनुहुन्न , त्यो हतियारधारी शिकारी वा व्यधा न नै किन नहोस् । कानून, नियम र दण्ड व्यवस्थाको उचित व्यवस्था गरी सभ्य मानवीय तौर तरिकाको प्रयोग गरी बद्मासलाई दण्डित गर्ने विस्वमान्य शैलि अवलम्बन गर्दा हुन्छ, यदि तपाईँका मान्छे साँचै जनताको लागि खटेका हुन् भने । तर तपाईँका जमातलाई हेर्नूस् , तीसंग न कुनै योग्यता र सामर्थ्य छ तैपनि कसैलाई कुनै आरोपमा दृष्टिदोषले ग्रस्त बन्दै लघारेर लानु , अमानवीय सास्ती दिनु, कारवाहीमा मर्‍यो भन्नु र खोलामा मिल्काउनु आदि गर्नु , कि यी कुनै मानवताको मापदण्डमा सुहाउने कुरा हुन् ? आँफै आरोप लगाउने, आँफै पैरवी, आँफै अदालत र न्यायधीश अनि आँफै जल्लाद र मूर्दा जलाउने वा पुर्ने चण्डाल बन्ने व्यवस्था संसारमा कतै देख्न पाइन्छ , बर्बरतन्त्रमा बाहेक ?

तपाईको सोधाइले माओवादी र गैर माओवादी मानव र अमानवको भेद सिर्जना गर्छ , जुन माओवादीको खोटो र हिंस्रक सोचको उपज हो
माओवादी अहिले पनि मरिरहेको छ भने कि त हिजो उसले कसैलाई पूर्वाग्रह पूर्वक अकारण मारेको बदलास्वरूप मारिएको छ अथवा स्वयं बन्दूक बोकेर भीडन्तमा पुगेर आफ्नो बाहुबलको प्रदर्शनमा मारिएको छ । यो पुतली बत्तिको लागि मरे जस्ते हो । माओवादीमा के सोच देखिन्छ भने ऊ मानव नै हैन, अति मानवको जुनून सवार छ उसको माथिंगलमा । उसलाई लाग्छ हरेक समस्याको औषधि उसको बन्दूकमा छ र माओवादी समर्थकहरूको सोच पनि तेस्तै एकोहोरिएको छ र सबै आळोचकहरू उनीहरूको आँकलनमा राजावादी बन्न पुग्छन् । तर अचम्मको कुरा के छ भने , चरम सैन्यवादी सोच, बाहुबली संस्कार र बन्दूके प्रभावले सबै कुरालाई नियन्त्रण गर्न सकिन्छ भन्ने सैन्यवादी हूंकार निरंकूस राजतन्त्र, सैनिक शासन र माओवादी राजनीतिमा मात्र समान रूपमा लागू हुन्छ । अत: राजतन्त्र, सैन्यतन्त्र र माओवाद एउटै सिक्काका पाटाहरू हुन, किनभने हिंसाको प्रभावले सबै कब्जा गर्ने सिद्दान्तको समानता यी तीनैवटामा छ ।

अर्को कुरा माओवादीले गर्दा अहिलेको परिवर्तन भएको हो भनेर दावा गर्नेहरूलाई मेरो एउटै प्रतिवाद छ ” कोलम्बस नभए पनि अमेरिका पत्तो लाग्थ्यो” मित्रहरू । नेपालको सन्दर्भमा परिवर्तन केवल भारतीय आशिर्वादको मोहताज हो ,अरू केही हैन । एकाधिकारवादी बन्ने महत्वाकांक्षामा अन्धो हुन पुगेको राजा ज्ञानेन्द्रले आफ्नो पतनको बाटो नखन्दो हो भने , अहिलेको परिवर्तनको सट्टा रगतको खोलोको निरन्तरता भैरहेको हुन्थ्यो । ज्ञानेन्द्र भारतको पाउमा लम्पसार पर्दो हो त , अहिले पनि माओवादी आफ्ना मूल्य तोकिएका टाउकाहरूको बंकरभित्र सुरक्षा गरिरहेका हुन्थे र छापामारहरू प्रेसर कुकर बम कति पड्के भन्ने हिसाबमा युद्द लडिरहेका हुन्थे । संसार सबै कुराको आफ्नै नियमित आकस्मिकतामा चलेको हुन्छ , मैल रातमा सुतेको हुँदा दिन पैदा गरेको हुँ भन्ने सोचमा रम्न हुन्न । सबै कुराहरूको पतन र निर्माण निश्चित सन्दर्भमा परिस्थतिद्वारा निर्माण हुन्छ । जस्तो को महाभारतको कथामा बर्बरिकले भन्छ ” यो युद्दमा मैले कोही लडेको नै देखेको छैन, यहाँ त केवल कृष्णले मान्छेहरू चपाएको मात्र देखिरहेको छु” । नेपालको सन्दर्भमा ‘कृष्ण’को सट्टा ‘भारत’ राखेर हेर्नूस सबै छर्लङ्ग दिव्य दर्शन गर्नु हुनेछ । यस्तोमा मलाई त माओवादीले आँफूलाई आमूल परिवर्तनको बम्ब बनाएको देख्दा र मध्ययुगीन कृ्त्यको पर्याय बनेर आँफुलाई दरिद्र पारेको देख्दा , यो ठूलो बिडम्बनाको थुप्रो मात्र हो कि जस्तो लाग्ने गर्छ । यसको मतलब, कांग्रेस, एमाले र दरबार ठिक छ भन्ने अर्थ कदापि हैन । यी सब बेठिक र गलत त थिए, तर मृत्यू, अमानवीय हत्या अनि त्यही हत्या र हिंसाको वीरोचित व्यख्या र गाथा सबै भन्दा तुच्छ र त्यज्य हुन । माओवादमा राजनिति त छ र कतिपय राम्रो पनि छ तर आतंकको छायामा यी यस किसिमले निर्लिप्त बनेका छन् कि यसको व्यख्याले तपाईँलाई केवल भलिबल जस्तै उफार्छ !

Comment by अनुजबाबु — May 22, 2008 @ 10:51 am

source mysansar

Read Full Discussion Thread for this article