Posted by: तिका: May 22, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        
  • रामहरि श्रेष्ठ लाई कसरी मारे ? - थप रहस्य थाहा पाउनुहोस

    काठमाडौं। ०६३ सालको साउनमा मेनपावर कम्पनीका सञ्चालक हौँ भनी कोटेश्वर निवासी रामहरि श्रेष्ठको घरमा डेरा लिन पुगेका माओवादी जनसेनाले अन्ततः तिनै आश्रयदाताको ज्यान लिएरै छाडे। त्यतिबेला रामेछापको रामपुरदेखि काठमाडौंको कोटेश्वरका दुई दर्जन बढी सामाजिक संघ�संगठनमा आबद्ध रही आफ्नो पहिचान बनाइसकेका रामहरिको घरमा मेनपावर कम्पनीका सञ्चालक हौँ भनी कालीबहादुर खाम (विविध)लगायतका मानिस फ्ल्याट नै भाडामा लिन पुगेका थिए। रिक्त पाँचवटा कोठा एकैचोटि भाडामा जाने भएपछि बैना लिएका उनलाई एक�दुई दिनपछि नै थाहा भयो� भाडामा बस्न आउनेहरू मेनपावर सञ्चालक नभएर माओवादी पो रहेछन्। त्यसपछि रामहरिले आफ्ना फुपूका छोरा सिन्धुलीका प्रकाश श्रेष्ठलाई फोन गरे। प्रकाशले उनीहरू माओवादी नै भएको बताउँदै केही अप्ठ्यारो नपर्ने आश्वासन दिए। भूमिगतकालदेखि नै माओवादीमा कार्यरत प्रकाश हाल मजदुर युनियनमा संगठित छन्। पछि मात्रै थाहा भयो� विविध भन्ने मान्छे माओवादी सेनाको चितवन, शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डर (पृतनापति) रहेछन् र यो उनीहरूको कार्यालय रहेछ।

    माओवादीले फ्ल्याट नै भाडामा लिएको तीन महिनाजति पछि त्यहीँ आएर वाइसिएलका इन्चार्ज कुलबहादुर केसी (सोनाम) उनकी श्रीमतीसहित एउटा कोठामा बस्न थाले। दसैंताकादेखि नै माओवादीद्वारा लेखापाल भनी चिनाइएका रघु (केशव अधिकारी) र एटम (गंगाराम थापा) पनि त्यहीँ बस्न आए। उनीहरूका लागि दोस्रो तलाको एउटा कोठा भाडामा लिइएको थियो। अहिले माओवादी पाशविकताको सिकार बनेका रामहरिलाई माओवादीको पुरानै सहयोगीका रूपमा प्रचार गराउन भूमिका खेल्ने फोटो भने ०६३ सालको तिहारलगत्तैको हो। रामहरिकी विधवा रमिला भन्नुहुन्छ� ‘तिहारपछि ७ गते हुनुपर्छ। त्यसदिन बिहानै विविधले आएर रामहरि र मलाई आज हाम्रोमा पाहुना आउँदै हुनुहुन्छ। खाना हामी नै बनाउँछौँ। तल ठाउँ अलि साँघुरो हुन्छ होला, खाना माथि नै ल्याएर खुवाउन पाए हुन्थ्यो भनी अनुरोध गरे। अलि पछि विविधले आएर फेरि भनेपछि खाना खाने व्यवस्था छतमा मिलाइयो।

    हेर्दा पो थाहा भयो� पाहुना भनेका त प्रचण्ड, बाबुराम र बादललगायतका नेता पो रहेछन्।’ भर्खरै खुला भएका क्रान्तिकारी नेताहरू घरमै पाहुना बनेर आइपुग्दा कुन घरबेटीको मन हर्षले गद्गद् नहोला? खानपिनकै क्रममा सामान नपुग्ने भएपछि फेरि विविधले रामहरिसँग खुसामद गरे � तपाईं त रेस्टुरेन्ट लाइनको मानिस, खाना नपुग्लाजस्तो छ, केही व्यवस्था गरौँ न! रामहरिले लगत्तै फोन गरी मिष्ठान्न र खाना तत्काल ल्याउन सहयोगीलाई अह्राए। ल्याइएका खानेकुरा विशिष्ट पाहुनालाई बाँड्न उनी आफैँ हौसिए। खानपानकै क्रममा विविधले हाम्रा घरबेटी भनी नेताहरूसँग परिचय गराए। खानपिन सकिएपछि छतमै बसी केही फोटा खिचिए। यसपछि पाहुना तल झरेका थिए। अहिले बाहिर हल्ला भएजस्तो न त रामहरिले भूमिगतकालदेखि नै माओवादी जनयुद्धलाई सहयोग पुर्यालएका हुन् न माओवादी नेतृत्वलाई घरमै बोलाएर पाहुना बनाई खाना नै खुवाएका हुन्।’ रामहरिलाई निर्मम ढंगले कुटपिट गरी मारेर नारायणी नदीमा ढुंगामा बाँधी फालिदिएको घटनाको सुरुवात भने ०६४ साल चैत १४ गते बिहीबार रातिबाट भएको हो। सो दिन रामहरिका विदेशबाट आएका दाजुको जग्गा कित्ताकाट पूरा भएको र आगामी शनिबार श्रेष्ठ समाजको वनभोज कार्यक्रम पनि भएकाले रामहरिकै घरमा आठजना दाजुभाइ भेला भए। दाजुले ल्याएको एक बोत्तल रक्सी पिउँदै वनभोज कार्यक्रमका बारेमा छलफल भयो। साढे नौ बजे दाजुभाइलाई बिदा गरेपछि रामहरि सुते। भोलिपल्ट बिहानै घरमा कतै मानिस हँ�हँ गरेको पीडाको आवाज आइरहेको रमिलाले थाहा पाउनुभयो। उहाँले कोही बिरामी परेछ कि भनी कुचो लगाउँदै तल झर्दा दोस्रो तलामा बस्ने मानिस पनि तेस्रो तलामा आइसकेका रहेछन्। विविधको कोठामा उनकै अंगरक्षक वियोगी हातगोडा तारले बाँधिएको र मुखमा कपडा कोचिएको अवस्थामा बाँधेर लडाइएका थिए। माओवादीले लिएका पाँचवटा कोठामध्ये चारवटामा एउटै ढोकाबाट पसेर जानुपर्ने स्थिति छ भने कमान्डर विविधको कोठाचाहिँ छुट्टै रहेको छ। अघिल्लो रात चारवटामध्ये बीचको कोठामा आठजना माओवादी सुतेका थिए। यीमध्येकै जिग्मे, प्रतीकलगायतले वियोगीको बन्धन फुकाई मुक्त गराएका थिए।

    प्रतीकले त्यहाँ भेला भएका घरभरिका मानिससँग भने� ‘राति चोर आएछ र हाम्रो मान्छेलाई बाँधेछ।’ त्यसपछि रातिको कथित घटनाक्रम विविधका अंगरक्षक वियोगीले बताए। १४ गते साँझ गएको बिजुली मध्यरात १२ बजे मात्र आयो। बत्ती आएपछि वियोगी विविधलाई पर्खिएर टेलिभिजन हेरी बसे। छेउमा रहेको कोठामा बसेर टिभी हेरिरहेकै अवस्थामा ढोकाबाट हेरी एकजना मास्क लगाएको मानिसले ‘भाइ, यता आऊ’ भनी बोलायो। वियोगी सरासर ढोकानेर जानासाथ साथमा रहेका अरू दुईजनासहित भएर उसलाई कर्याीप्प समाती सोधियो� ‘पैसा कहाँ छ?’ हतियारसहित आएका उनीहरूले धम्क्याउँदै भनेपछि विविधको कोठाको ताल्चा खोली भनेबमोजिम गरेको वियोगीले समूहमा बताए। विविधको कोठामा ब्यागमा राखिएको १७ लाख रुपैयाँ लिएर उनीहरू भागेको वियोगीको दाबी रहेको बताइएको छ।

    वियोगीले दाबी गरेका घटनाक्रम पूर्णतः निराधार रहेको घरको वस्तुस्थितिले बताउँछन्। त्यसदिन राति १२ बजेपछि टिभी हेर्दै विविधलाई पर्खिएको भनिए पनि रघुले राति नै विविधलाई फोन गरी नआउने जानकारी गराएका थिए। अर्कातर्फ वियोगीको मुखमा कोच्न र बाँध्न प्रयोग गरिएको कपडा र सल आठजना माओवादी सुतेको कोठा नाघेर गई अर्को कोठाबाट ल्याइएको छ, यति मात्र होइन, पैसा चोरिएपछि पैसा राखिएको झोला पनि सबैभन्दा परको कोठाको झ्यालबाट बाहिरको पिलरको आड लगाएर राखिएको थियो। हराएको भनिएको रुपैयाँ १४ गते नै विविधले लेखापाल रघुलाई बैंकमा राख्न भनी दिएका थिए। तर, रघुले ढिलासुस्ती गरी बैंकमा नराखी वियोगीलाई राख्न दिए। पैसा हराएको भनी फोन गर्नासाथ विविध साढे सात बजे नै कोटेश्वर पुगे। यसपछि उनले सोधपुछका क्रममा रामहरि र परिवारलाई पनि भेटे। विविधले बेलुका रामहरिसँग खानपिन गर्ने सातजना सबैलाई फोन गरी सोधपुछ गर्नासाथ रघु आएर विविधले कुन नम्बरबाट फोन गरेको थियो भनी रामहरिसँग फोन मागेका थिए। रामहरिले पनि तत्कालै आफन्तलाई फोन गरी विविधले डायल गरेको नम्बर रघुलाई दिए।

    चैत १६ गते एटमले रामहरि र रमिलालाई अबदेखि अँध्यारोमा ढोका लगाउँदा सबै कुनाकाप्चातिर राम्ररी हेर्नुपर्ने भयो, विस्फोटक पदार्थ पनि हुनसक्छ भने। उसकै भनाइ सम्झँदै रमिलाले १७ गते साँझ ढोका लगाउँदा हेर्ने क्रममा तल्लो तलाको छिँडीमा एउटा गन्जीको पोको देख्नुभयो। रमिलाले तत्काल विविधको अर्को गार्डलाई बोलाएर देखाउनासाथ जिग्मे, रघु, जीवन पनि आए। एटमले त्यतिबेलै ट्वाइलेटबाट निस्कँदै त्यो त मेरो गन्जी हो भने। स्मरण रहोस्, तीन तला माथिबाट तल हेर्दा मानिस पनि चिनिँदैन। कसरी चिन्यौ त त्यति माथिबाट तिम्रो गन्जी? भन्दा उनले ट्वाइलेटको झ्यालबाट हेरेर चिनेको बताए। पोका रघुले माथि ल्याए र ढोकाबाहिरै फाले। हजार र पाँच सयका नोट छरपस्ट भए। यसपछि रघुले यो घटनाको छानबिन चुनावपछि मात्र हुन्छ भने। यस्तैक्रममा चुनावी सभा भइरहेका थिए। झक्कुप्रसादको कोटेश्वरको कार्यक्रममा एकजना मानिस आएर रामहरिलाई ‘तपाईं त टोल सुधार समितिको अध्यक्षजस्तो मान्छे, हाम्रो कार्यक्रममा गइदिनुपर्योर’ भने। उनी गए। झक्कुले सहयोग गरिदिनुपर्यो् भनेपछि रामहरि तीन दिन झक्कुसँगै घुमे पनि। यसबीच, छानबिनका लागि रघुहरूले विविधले बोलाएको भन्दै रामहरिलाई चितवन पुर्यानई चार दिन राखेर फर्काए। चुनावपछि वैशाख १२ गतेदेखि नै छानबिन टोलीका नाममा जीवित, अर्को एक केटा र केटी कोटेश्वरमा धर्ना दिइरहेका थिए।

    रामहरि र रमिलालाई धेरैपटक प्रश्न सोधियो। १४ गते उनीहरू चितवन जान लाग्यौँ भनी हिँडे। तर, राति दुई बजे आएर जीवितले रामहरिलाई ‘दाइ, तपाईं सोधपुछका क्रममा चितवन गएर सहयोग गर्नुपर्योी’ भने। श्रीमती रमिलाले ‘यति राति कहाँ जाने? भोलि गए भइहाल्छ नि!’ भन्दा जीवितले चितवन वा काठमाडौं जहाँ पनि हुनसक्छ भने। भोलिपल्ट १६ गते बिहान जीवितले फोन गरी रमिलालाई ‘भाउजू, तपाईंले पैसा ल्याएर राखेको’ भनी स्वीकार्नूस्, दाइ तत्कालै आउनुहुन्छ’ भन्यो। रमिलाले गर्दै नगरेको गल्ती म स्वीकार्न सक्दिन भन्नुभयो। फेरि सोही दिन दिउँसो दुई बजेतिर घरमै आएर जीवितले भन्यो� ‘स्वीकार्नूस् भाउजू। यसो गर्दा पार्टीलाई सहयोग गरेजस्तो हुन्छ र दाइ पनि आउनुहुन्छ। नत्र कडा कारबाही हुन्छ।’ रमिलाले जीवितका केही सुझाव र धम्की पनि नसुनेपछि ती त्यत्तिकै हिँडे। तर, पछि पनि पटक�पटक फोन गरी ‘सबै काम त हाम्रै मानिस रघुले गरेको रहेछ। रघु र एटम मिली योजना बनाएका रहेछन्। दाइको केही पनि गल्ती छैन। तर, तपाईंले स्विकारिदिनुभए राम्रो हुनेथियो’ भनेका थिए जीवितले। रामहरिलाई लगेको एक सातासम्म पनि विविधले केही खबर नगरेपछि रमिलाले विविधलाई फोन गर्दा उनले ‘उहाँको केही गल्ती छैन, त्यसदिन रक्सीचाहिँ खानुभएको रहेछ। काठमाडौंमा होटलमा राख्दा खर्चिलो हुने भएकाले चितवन ल्याएको हो।

    अब दुई/चार दिनमा आउनुहुन्छ’ भने। यसबीच दिनहुँजसो फोन गरी चोरी स्वीकार्न दबाब दिने गरेको भए पनि वैशाख २२ गते भने जीवितले ‘तपाईंको बूढाले गल्ती स्विकारिसक्यो, तपाईं पनि स्वीकार्नूस्’ भन्यो। रमिलाले ठाडै नकार्नुभयो। २३ गते भने फोनमा रमिलाले श्रीमान्सँग कुरा गर्न पाउनुभयो। रामहरिले एकदमै गलेको र बिरामी स्वरमा बालबच्चालाई कस्तो छ? खाना खायौ? भनेर सोध्नुभयो। यताबाट रमिलाले तपाईंको स्वर एकदमै बिरामीको जस्तो आएको छ, सञ्चो छैन कि के हो? भनेर सोध्नासाथ फोन काटियो। फेरि फोन आयो। स्वर अलि टाठो सुनियो। उहाँले फेरि सञ्चो�बिसञ्चो र खाना खाए/नखाएको सोध्नुभयो। यिनीहरूले मलाई चोरको आरोप लगाएर स्वीकार्न दबाब दिइरहेछन् भन्ने शब्द सुन्नासाथ फेरि फोन काटियो।

    विविधले हामी थानकोट आइपुगिसक्यौँ। तपाईंहरू सातदोबाटोमा आउनूस् भने। लगत्तै कोटेश्वरबाट तीनवटा मोटरसाइकलमा पाँचजना बसी एउटा सिट रामहरिका लागि खाली छाडी लिन सातदोबाटो गए। त्यहाँ पुगेपछि अपरिचित मानिसले सानेपामा ट्याक्सीमा जाऊँ भने। ‘ठीकै छ, त्यहाँ नै जाऊँ’ भनी ट्याक्सीमा चढ्न लाग्दा ‘होइन, चितवनमै जाऊँ’ भने। हामी चितवन नै जानुपर्ने भए दाजुभाइहरूसँग सल्लाह गर्छौं भनी दाजुभाइ कोटेश्वर आए। यसबेला विविधलाई फोन गर्दा उनले ‘शिविरमा हतियार चेक गर्न अनमिन आएकाले म थानकोटबाट चितवनतिर लागिसकेँ। तपाईंहरूलाई गाडी पठाइदिन्छु’ भने। दिउँसो दुई बजे विविधले पठाएको गाडीमा चढी चारजना चितवन गए।
    तर, त्यहाँ पुगेपछि बैठकमा राखी, पंखा खोलेर चिसो खुवाई विविधले ‘दुःखको कुरा मैले तपाईंहरूलाई भन्नैपर्छ। त्यति राम्रो मान्छे, हाम्रो घरबेटी दाइ हामीहरूबीच रहनुभएन। मात्र गल्ती भनेको रक्सी खाएर मात्नुभएको रहेछ। हाम्रै मान्छेले बद्मासी गरेका हुन्। आफू बच्नलाई रामहरिलाई मारेछन्। केरकारकै क्रममा मरणासन्न हुनेगरी कुटी उपचार गर्ने नाममा बद्मास केटाहरूले लिएर गई नारायणी नदीमा फालेर आएछन्’ भन्ने जवाफ दिए। त्यसपछि सन्न भएका उनका दाजुले कहिलेको घटनाभन्दा विविधले २८ गतेको भने। बिहान कि बेलुका? भनी सोध्दा विविधले बेलुका र अर्को उपकमान्डर भनी परिचय गराइएको मानिसले बिहान भनेका थिए।

    Comment by nirmal123@yahoo.com — May 22, 2008 @ 4:59 pm

  •  source mysansar comment

  • Read Full Discussion Thread for this article