Posted by: shirish May 21, 2008
माओबादी कबिता
Login in to Rate this Post:     0       ?        

लोकले फैसला दिए  

- होमनाथ सुवेदी

 

हरुवाको गरे आस्था धोकामा हाल्न सक्दछन्

अझै खोचे थपेरै नै सर्कार ढाल्न सक्दछन् ।

उनीहरु भए जीत भाले भै हिड्न सक्तथे

पोथी आज जितेको छ न खोदी किन छोड्दथे ?

सरकार बन्न पाएर ठूला ती पहिले थिए

झाँको झारी हराएर लोकले फैसला दिए

भोकानाङ्गा सबै साझा देशका धनसम्पत्ति

ठूलाको सेखी झारेर शान्ति होस् सर्बसम्मति ।

समता भातृता साथ स्वतन्त्रता न छोड्नु है

बिलुप्त मानवी शक्ति नफर्काई न बस्नु है ।

जनादेश न लत्याई काम गर्दा दिए दु:ख

अर्को पटक पार्नेछन् तिनलाई अधोमुख ।

आएको बढिया भोट नमोल भिरमा त्यसै

सरकार बनाएर जनादेश जताउ है

वुडब्रिज, भर्जिनिया

०४/२३/००८

 

http://www.hknepal.com/literature/?p=278#more-278

 

 

Read Full Discussion Thread for this article