Posted by: chanaa_tarkaari May 21, 2008
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        

मानवाधिकारवादी बेपत्ता
माओवादी अध्यक्ष प्रचण्डको भाषामा कोटेश्वरका एक सामान्य व्यवसायी भनिएका रामहरि श्रेष्ठ हत्याको घटना अब सामान्य रहेन। यो हत्याकाण्ड दिन प्रतिदिन रहस्यमयी बन्दै गएको छ। केही वर्षअघिसम्म रेष्टुरेन्टको वेटर रहेका श्रेष्ठ २०५८ सालपछि रातारात करोडपति बन्न पुगेका थिए। उनको विषयलाई लिएर उनको गृहजिल्ला रामेछापमा समेत चर्चा हुने गर्दथ्यो। गाउँमा 'रामहरिले जस्तो पैसा कमाउन सक्नुपर्छ' भनेर पढेलेखेका छोराछोरीका बाबुआमाले उदाहरण पनि दिन थालेका थिए।
प्राप्त जानकारीअनुसार, युद्धकालमा माओवादीले बैंकहरू तथा मानिसहरूबाट लुटेको सम्पत्ति विभिन्न क्षेत्रमा लगानी गर्ने क्रममा रामहरिमार्फत रेष्टुरेन्टहरूमा लगानी गरेका थिए। सोही लगानीको हिसाबकिताब गर्ने क्रममा नै उनीसँग विवाद पैदा भएको र घटना हत्यासमेत गर्ने स्थितिमा पुगेको बुझिएको छ। आर्थिक हिसाबकिताबकै कुरालाई लिएर श्रेष्ठले थाहा पाएका घटना र प्रसङ्गले माओवादीका शीर्षस्थ नेतृत्वबीचमा समेत ठूलै हलचल मच्चिने सम्भावना भएपछि उनको हत्या गरिएको पनि बताइन्छ। माओवादीभित्र लामै समयदेखि हल्लाखल्लामा रहेको यो मुद्दा र हत्याकाण्डका बारेमा नेतृत्व वर्गलाई थाहा थिएन भन्न सकिन्न। पार्टीभित्र घुसेका केही स्वार्थी तत्व भनेर प्रचण्डले हिसाबकिताब लेनदेनकै कुरा गर्नुभएको छ तर त्यो तत्व को हो स्पष्ट गर्नुभएको छैन।.................

ो हत्या प्रकरणलाई लिएर अनमिनलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले खेद प्रकट गर्दा नेपालका मानवअधिकारवादीहरू मौन रहनुलाई आश्चर्यजनक मानिएको छ। जनयुद्धताका सरकार पक्षबाट भएका स–साना घटनाहरूमा पनि कोकोहोलो मच्चाउने मानवअधिकारवादीहरू यति ठूलो घटनामा एक शब्द बोलेका छैनन्। राजनीतिमा हत्याको सहारा लिनेहरूबाट रामहरिको हत्या सन्दर्भलाई उनीहरूको मानवअधिकार हनन हुने देखेर नबोलेका हुन् या अरू के कारणले हो सबै चासोको विषय बनेको छ।

source Ghatana ra Bichaar Patrika

It seems, if the investigation team is working honestly, they won't fail to reach up to the master mind of this murder plot.

Read Full Discussion Thread for this article