Posted by: mohanB May 21, 2008
Please don't be offended.
Login in to Rate this Post:     0       ?        

Due to these type of things (see below news from kantipuronline) I'm sometimes even ashamed of my culture and being a Nepali. Giving Bali on Buddha Jayanti ?? what the heck??? shame on us.

Osho Rajneesh once said that Nepal is poor because we couldn't understand Gautam Buddha, sounds very true to me.

BTW, thanks rameshdai for posting that video.

 

पूणिर्मामा १० हजार बलि

भरत जर्घर्ाार

सिरहा, जेठ ७ - ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा पूणिर्माको दिन मंगलबार झन्डै दस हजार पशुपन्छी बलि दिइएको छ ।

अहिंसाको सन्देश बोकेको पूणिर्मा -बुद्ध जयन्ती) भए पनि वर्षा एक दिनमात्र बलि लिने उक्त मन्दिरमा भाकल पूरा भएपछि पशुपन्छी बलि दिएको भक्तजनले बताए ।

मन्दिरका पुजारी डम्बरबहादुर भट्ट भन्छन्- 'राजदेवी मातालाई चण्डी 'पूणिर्मा' का दिनमात्र 'बलि' दिइने पौराणिक चलन हो ।'

गत वर्षलहानस्थित सिर्द्धार्थ एकेडेमी बोर्डिङ सञ्चालन गरेका जयनारायण दासले ३० जना मात्र बालबालिका भर्ना भएपछि उनले राजदेवी मातालाई विद्यार्थी भर्नादर वृद्धिका लागि बोका भाकल गरेका

थिए । 'भाकलअनुसार १ सय ५० विद्यार्थी भर्ना भएपछि पाठी बलि दिए“,' दासले भने- 'बुद्ध पूणिर्माको दिन बलि दिन नहुने हो तर भाकल पूरा भएकाले दिएका हौं ।'

दासजस्तै रीतु देवीको पनि यस वर्षभाकल पूरा भएको छ । उनका अनुसार शरीर कमजोर भएकाले भारतको दरभंगासम्म उपचार गराउ“दा ३० हजार खर्च भयो तर रोग निको

भएन । 'गत वर्षरोगव्याधि निको गराइदिन पाठी चढाउने पुकारा गरंे, नभन्दै निको भयो पाठी चठाएको छु,' उनले भनिन्- '३० हजार खर्च गर्दा पनि निको नभएको रोग १ हजार ३ सय २५ रुपैया“मा किनेको पाठी चढाउ“दा सञ्चो भयो ।'

जयनारायण र रीतु देवीमात्र होइन सन्तान प्राप्ति, रोग विनाश, कार्य सफलताका लागि सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत मुलुकका विभिन्न भाग र भारतको विहार प्रान्तमा आएका भक्तजनले राजदेवी मन्दिरमा बोका, पाठी, हा“स, परेवा र कुखुरा बलि चढाए । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बलि दिन्छन् । सहायक पुजारी विन्दीलाल चौधरी भन्छन्- 'दस पुस्ताअघि त्यस क्षेत्रको जंगलमा जनावरले दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा मन्दिर स्थापना गरी पूणिर्माको दिन बलि दिन भनेअनुसार यहा“ बलि दिने परम्परा रहेको हो ।'

लहान बजारदेखि नौ किलोमिटर उत्तरमा ३ बिघा क्षेत्रफलमा जंगल राजदेवी मन्दिर अवस्थित छ । स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा जंगल परापर्ूवकालदेखि नै थियो । पूजा व्यवस्थापन समितिका सचिव आविरलाल चौधरीका अनुसार यस वर्षचार हजारको संख्यामा बोका, पाठी र ५ हजार संख्यामा परेवा, हा“स र कुखुरा बलि दिइएको छ । बलि दिइएको पशुपन्छीको टाउको समितिले राख्ने गरेको छ ।

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=147697

Read Full Discussion Thread for this article