Posted by: upendrajee May 20, 2008
वाईसीएल ज्यादती
Login in to Rate this Post:     0       ?        

माओवादी दबाबमा बर्खास्त

कास

बैतडी, जेठ ७ - माओवादी दबाबमा विद्यालय व्यवस्थापन समितिले दर्ुइजना शिक्षकलाई सेवाबाट अवकाश दिएको छ ।

पहरौली मावि, भटनाका अस्थायी शिक्षक लक्ष्मण धानुक र रमेश धानुकलाई माओवादीसम्बद्ध अखिल नेपाल शिक्षक संगठन -क्रान्तिकारी) मा आबद्ध नभएकाले अवकाश दिइएको

हो । प्रधानाध्यापक धनबहादुर धामीलाई वाईसीएलले नियन्त्रणमा लिएर जबर्जस्ती हस्ताक्षर गराएको शिक्षकहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तीनैजना शिक्षक सदरमुकाम आएका छन् ।

वाईसीएल कार्यकर्ता शैलेन्द्र धानुक, प्रदीप बोहरा र नरे खत्री तथा शिक्षक संगठनका हिमालय बोहरा, प्रताप धानुक, कृष्ण धानुकलगायतले नियन्त्रणमा लिएर अवकाश दिएको उनीहरूको आरोप छ ।

'आफ्नो संगठनमा आउन दबाब दि“दै आएका थिए,' विज्ञप्तिमा भनिएको छ- 'नगएपछि पेसाबाटै जबर्जस्ती निकालेको घोषणा गरेका हुन् ।' बैतडी प्रशासन र शिक्षालाई उनीहरूले मंगलबार त्यसबारे जानकारी गराएका छन् ।

Read Full Discussion Thread for this article