Posted by: syanjali May 20, 2008
DV parako lie kashari settle garaidinu ?
Login in to Rate this Post:     0       ?        

हात्तीको खाने दात र देखाउने दात फरक हुन्छ। नेपाल बाट कल्पना गरेको अमेरिका र यहाँ आएर भोग्ने अमेरिका मा धेरै अन्तर छ। भाषाको कठिनाई हावाइजहाज चडे देखी सुरु हुन्छ, तपाईंको इस्तमित्र को बारेमा त तपाईं लाई नै थाहाहोला .
अलबामामा काम गर्न आउने हरुले १५-१६ लाख नेपाली रुपैया तिरेर आएको कुरा एही धागो मा पढन पाइयो। यदी वहाँ हरुको मस्तिस्कमा अमेरिका पुग्ना साथ जादुको छडि झै सबै कुरा भाई हाल्छ भन्ने मनस्थिती छ भने , counsoling को जरुरी पनि होला। किन्की नेपालमा घर जगा बेचेर फर्कनुनै पर्दैन भनी आउने हरुलाई अलिक गाह्रो पर्न सक्छ।
नेपालमा कुर्सिमा बसेर गर्ने काम मात्रै काम अरु चाँही ज्यालादारी काम ठान्ने हो भने २-४ महिना हैन ५-६ महिना लाग्ला काम सुरु गर्न । मेरा छिमेकी पनि अमेरिका पुगे, अफिसरको जागिर खाएका त्यो पनि शाही सेनामा। तर आर्का छिमेकी मित्रले Tyson भन्ने तार बनाउने factory मा साझको ७-१ बजे राती ३ हफ्ता काम गरे पछी चाँही ग्यास station मा सुरु गरी बल बच्चा रक्षा गरे थिए रे नत्र त म त्यस्तो काम गर्ने हुँ भनी २-३ महिना नेपाल बाट लगेको डलर मा बसेका थिए रे .
जे पनि काम गर्न तयार छु भन्ने भए सबै कुर ठीक हुन्छ रे ?
 

Read Full Discussion Thread for this article