Posted by: freaksuout May 20, 2008
Interview with Ram Hari Shrestha's Brother
Login in to Rate this Post:     0       ?        

Translated Version: From  Kantipur

माओवादी शिविरमा भाइ खोज्दा

लीलाबहादुर श्रेष्ठ

काठमाडौं, माओवादी छापामारले वैशाख १५ देखि बेपत्ता परेका भाइ रामहरि श्रेष्ठ जेठ लागिसक्दा पनि फेला नपरेपछि र्सार्वजनिक रूपमा खोज्न थाल्यौं । बुहारी रमिला र भतिजा-भतिजीको अवस्था नाजुक हुन थालेपछि इलाम जान लागेका माओवादी अध्यक्ष प्रचण्डलाई जेठ १ गते नया“बजारस्थित उनकै निवासमा भेट्यौं । त्यसको अघिल्लै दिन बुहारी रमिलाले पतिलाई र्सार्वजनिक गर्न बुद्धनगरस्थित माओवादी कार्यालयमा निवेदन दिएकी थिइन् ।

हामीसितको भेटमा प्रचण्डले घटनाबारे वैशाख ३१ गते निवेदन पढेर मात्रै थाहा पाएको बताए । उनले भने- 'विविध -शक्तिखोर शिविरका कमान्डर कालीबहादुर खाम) ले घरमै ल्याइदिन्छ वा तपाईंहरूलाई कुनै ठाउ“मा बोलाएर रामहरिजीलाई सुम्पिनेछ ।' त्यो सुनेर हामी आशावादी भई घर फर्कियौं । विविधले बोलाउलान् र भाइलाई लिन जाउ“ला भनेर फोनको आस गर्‍यौं तर फोन कतैबाट आएन ।

प्रचण्डकहा“ जानुअघि विविधले कसैलाई पनि नभन्नु भनेकाले प्रहरी प्रशासन त परको कुरा, घरका कसैलाई पनि बताएका थिएनौं । हाम्रो घरमा दर्ुर्ुइ वर्षेखि बस्दै आएका विविधको कोठाबाट चैत १४ गते १७ लाख रुपैया“ र अनमिनको लोगो भएको एक थान पेस्तोल हराएको थियो । त्यसको तीन दिनपछि सोही कोठा नजिकैको भेन्टिलेसनपछाडि पैसा र पेस्तोल पोको पारेको अवस्थामा भेटिएको थियो । त्यतिबेला चुनाव नजिकि“दै गरेकाले विविधले सामान्य सोधपुछ गरी रामहरिलाई छाडेका थिए । चुनावपछि उनले पैसा हराएको दिन कोठामा सुतेका आठ जना छापामारलाई कुट्दै सोधपुछ गरे । हाम्रा घरमा आएका पाहुनालाई केरकार गरे । भाइबुहारीलाई पनि सोधे तर कसले चोरेर राख्यो भन्ने थाहा भएन । भाइ रामहरिलाई पनि दर्ुर्ुइपटक सोधपुछ गरे । एकपटक चार दिनसम्म भरतपुर लगेर ल्याइदिए ।

यसबारे पहिल्यै जानकारी पाएका वाईसीएल इन्चार्ज कुलबहादुर केसी -सोनाम) र सभासद झक्कुप्रसाद सुवेदीस“ग प्रचण्डलाई भेटेको राति फोन गरी विविधको फोन आएन तपाईंहरूले पहल गरिदिनुपर्‍यो भनेका थियौं । जवाफमा झक्कुले भनेका थिए- 'मैले यो केसको जिम्मा विविधलाई दिइसकेको छु, उसैले तपाईंहरूलाई फोन गर्छ ।'

अर्को दिन -जेठ २ गते) बिहानभर फोन आउने आस गरिरह्यौं । दिउ“सो १२ बजेतिर विविधले फोन गरी भने- 'म भर्खरै चितवनबाट काठमाडौं आइपुगें, भात खा“दैछु, तपाईंहरू तयार भइराख्नुहोस् ।'

यो खबरले घरमा खुसी छायो । हामी रामहरिलाई लिन जानुपर्ने भयो भनेर तयार हु“दै थियौं फेरि उनैले फोन गरे- 'दाइ धेरै जना नल्याउनुहोस्, म सातदोबाटो हुन्छु तुरुन्त त्यहीं आउनुहोस् ।'

धेरै जना नआउनुहोस् भने पनि तीन मोटरसाइकलमा हामी पा“च जना म, श्यामकाजी विमला, केशव -भाइ) र जितबहादुर -भाइ) सातदोबाटो गयौं । गोदावरी जाने सडक किनारामा साइड लागेर म र लीलामात्र देखा पर्‍यौं । तीन जना दाया“बाया“ बसे । विविधले आइपुग्नुभयो भनेर फोन गरे ।  केमा आएको भनेर पनि सोधे । मैले बाइकमा भने । 'कति जना

आ'को -' उनले सोधे- 'मैले दर्ुर्ुइ जना भने ।' उनले 'अनि तीन जना अटिन्छ त -' भने । मैले 'कता जानुपर्ने हो -' सोधें । 'सानेपा जानुर्ुपर्छ त्यहीं उभिराख्नुहोस् मान्छे आउ“छ' भने । 

त्यसको केहीबेरमै दर्ुर्ुइ माओवादी केटा आए तर हाम्रँे भाइ आएन । हामीस“ग हात मिलाएर उनीहरूमध्येको एक जनाले ट्याक्सीमा जानुपर्ने बताए । उनी बाटो छेउमा पार्किङ गरी राखेको ट्याक्सी चालकस“ग कुरा गर्दै थिए । हामीले भन्यौं- 'तपाईंहरूले मान्छे ल्याइदिन्छौं भनेर पो यहा“ आएको ।' हामीले घर सल्लाह नगरी कतै नजाने बताएपछि विविधले फोनमा भने- 'दाइ चितवन नै जानुपर्ने भो ।'

हामी घर फर्कियौं । करिब साढे १ बजेतिरको कुरा हो, विविधले फोन गरी फेरि भने- 'दाइ म थानकोट कटिसके, पोखरा जाने गाडी पठाइदिएको छु, त्यसले तपाईंहरूलाई चितवन क्याम्पसम्म छाडिदिनेछ ।' केही बेरमा बा४च ९६४१ नम्बरको महिन्द्रा जिप हामीलाई लिन घर

-कोटेश्वर) आयो । त्यसमा हामीले चिनेको बौद्धका जिग्नी नामका छापामार पनि थिए ।

परिवारको सल्लाहअनुसार म, जितबहादुर र श्यामकाजी कोटेश्वर चक्रपथको बाटो हु“दै करिब २ बजेतिर चितवन लाग्यौं । थानकोट पुगेपछि ती छापामारले मकै

खुवाए । चितवनको रामनगर पुगेपछि नास्ता पनि खायौं । बाटामा हामीलाई माओवादीका तर्फाट फोन आएन । रामहरिका बारे कुराकानी पनि भएन । घरबाट कता पुगियो भनी बारम्बार फोन आइरह्यो । नारायणगढ पुग्दा सा“झ झििमक्कै भइसकेको थियो ।

हामी चढेको गाडी करिब ८ बजे चितवनको शक्तिखोर -छापामार तेस्रो डिभिजन कार्यालय रहेको ठाउ“) पुग्यो । छापामारले गेट खोलिदिए । त्यहा“का कार्यकर्ताले बैठक कोठामा लगे, चिसो खुवाए र पंखा चलाइदिए । भोक लाग्यो कि - खाना ल्याऊ“ भनी सोधे । हामी पुगेको करिब आधा घन्टाजति हुन लागेको थियो । हामी हाम्रो मान्छे भेट्न चाहन्थ्यौं । खानाको प्रस्ताव राख्ने छापामारलाई भोक नलागेको बरु विविधलाई बोलाइदिन

आग्रह गर्‍यौं ।

केही छिनमा निराश अनुहारमा विविध आइपुगे । उनीस“गै डेपुटी कमान्डर सञ्जीव र कागजात बोकेका कार्यालय सचिव पनि थिए । रामहरि नदेखिएपछि हाम्रो मनमा चिसो पस्यो । 'यू' आकारको टेबुलको एकापट्ट िउनीहरू बसे । अर्कोपट्ट िहामी तीन जना बस्यौं ।

कुराकानीको सुरुमै विविधलाई भन्यौं- 'हामीस“ग धेरै टाइम छैन, अहिल्यै  काठमाडौं जानुर्ुपर्छ, रामहरिलाई ल्याइदिनुहोस् ।' विविधले भूमिका बा“धेर भन्न थाले- 'के गर्ने तपाईंहरूलाई भन्नर्ैपर्छ, रामहरिजी दोषी नहु“दानहुदै पनि ... के गर्ने, आज उहा“जस्तो राम्रो मान्छे हाम्रासामु रहनुभएन ... ।'

मैले सोधें- 'कति गते -' उनले भने- 'वैशाख २८ गते ।' उनले रामहरिको हत्याको खबर आफूले दर्ुर्ुइ दिनपछि थाहा पाएको बताए । हत्या किन र कसरी भनी सोध्दा उनले एटम -गंंगाराम थापा) र रघु -केशव अधिकारी) ले हाम्रो गोपनीयता खोलिदिइस् भन्दै कुटेर मारेको बताए ।

हामीले शव माग्दा विविधले साथीहरूले क्याम्पको गाडीमा उपचारका लागि लैजा“दै गर्दा बाटोमै मृत्यु भएकाले नारायणी नदीमा फ्या“किसकेको बताए । हामी तीनै जना दाजुभाइ भक्कानियौं ।

रात झमक्क परिसकेकाले त्यहा“ बस्न उचित लागेन । गाडीको व्यवस्था गरिदिन अनुरोध गर्दा हामीलाई लगेकै गाडीलाई फिर्ता पुर्‍याइदिन भनियो ।

क्याम्पबाट निस्केर ५/६ सय मिटर वर आइपुगेपछि झोला भिरेका पा“च जना युवा चढेका तीन मोटरसाइकलले हाम्रँे गाडीलाई पछ्याउन सुरु गरे । हामीलाई शंका लाग्यो । महेन्द्रराजमार्ग पुगेपछि जिपले उनीहरूलाई पछाडि पार्‍यो । जिप नारायणगढ काटेर वर वनको बाटामा लागेपछि फेरि तिनै मोटरसाइकल अघिपछि गर्न थाले । सुरक्षित रूपमा घर पुगिएलाजस्तो नलागेपछि चालकले नबुझ्ने गरी हामीले नेवारीमा कुरा गरी र्सतर्कता अपनाउने निर्ण्र्ाागर्‍यौं ।

रामनगर पुग्नै लाग्दा भोक लागेको बहानामा जिपलाई रोक्न लगायौं र भित्री सडकतिर पार्किङ गर्न भन्यौं । त्यतिबेलै जिपको टायरमा का“टी पसेछ, चालक टायर फर्ेन लागे । त्यतिबेला हामीले आज यतै बस्ने भनी एउटा

होटलमा पस्यौं र होटलको पछाडिको बाटो भएर फेरि मूल सडकमा निस्किई पोखरा जाने बस चढ्यौं । खचाखच बसमा उभिएर हामी मुग्लिङ पुग्यौं ।

त्यतिन्जेल रातको १ बजिसकेको थियो । बाइकका व्यक्तिहरूले फेला नपारुन् भनेर फेरि मुग्लिङबाट उभिएरै काठमाडौंको बसमा कलंकी आयौं । बिहान घर आइपुगेपछि कालको मुख जोगिन सफल भएजस्तो लाग्यो । तर जसको खोजीमा गएका थियौं, उसलाई ल्याउन नसकेपछि परिवारमा रुवाबासी मच्चियो । रातभर अनि“दोले सुकेका हाम्रा आ“खा पनि रसाउन थाले ।

-सुरज कु“वरस“ग कुराकानीमा आधारित)

Read Full Discussion Thread for this article