Posted by: Rahuldai May 20, 2008
Medical Doctors Vs Ph D Docs
Login in to Rate this Post:     0       ?        

कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार । झिल्के ब्रोले उठाउन खोजेको बिषय लाई अर्को कोण बाट हेर्ने कि? डाक्टर भनिनु र लेखिनु को भिन्नता बारे बहस गर्ने कि?
मेडिकल प्राकटिशनर लाई अथवा चिकित्सा बिज्ञानमा दक्षता हासिल गरेका लाई डाक्तर भनी सम्बोधन गर्नु सर्बमान्य चलन हो, दुई मत छैन। अब पी एच डि गरेका पनि डाक्तर हुन। यी दुबै मा भिन्नता अबश्य छ । पीएच डी डाक्टर र मेडिकल डाक्टर बिच सीमांकन हुनु अब जरुरी छ। कुनै बिषयमा पी एच् डि गर्नु भनेको त्यो बिषयमा उच्चत्तम अध्ययन हुनु हो। यसमा कसैको बिमती छैन होला। एम बि बि एस्   अर्थात  Bachelor in medicine  bachelor   in surgery  को प्राज्ञिक मान्यता त स्नातक सरह नै होइन र? bachelor डीग्री र पीएचडी यस माने मा तुलना हुनै सक्दैन।


मेरा मित्रहरु छन, जसले मेडिकल साइन्स मै पी एच् डी गरेका छन। सही माने मा डाक्टर तिनिहरु हुन। नेपालअको परिपेक्षमा पीएचडी गरेका मेडिकल डाक्टर हरु   औंला मा गन्न सकिने संख्या मा छन।

 

मूलभूत प्रश्न यही हो भनिने र लेखिने डाक्टर मा फरक छुट्याउने कि न छुट्याउने? Animal husbandary मा bachelor गर्ने नि डाक्टर, आयुर्बेदमा शास्त्री गर्ने नि डाक्टर, हुंदा हुंदा डाइट सम्बन्धी ३ महिने पढाई गर्ने पनि डाक्टर। कसलाई डाक्टर भन्ने कसलाई न भन्ने?

झिल्के ब्रो युरोप मा हुनु हुन्छ। त्यताको चलन बारे लेख्नु भएको भए अझ स्पष्ट हुन्थ्यो। नेडर्ल्याण्ड्स मा कोही पनि पी एच् डि न गरेका ले डाक्टर लेख्न पाउदैनन। चलन चल्ती को भाषा मा फलानो डाक्टर भनिए ता पनि, कतै लेख्नु पर्‍यो भने Mr. वा Ms. नै लेख्छन।
जस्तो,
Ms. C.T. Harmison,
Physician, MBBS,MD
लेख्छन, अनी पी एच् डि गरेका ल्ले भने डाक्टर र स्पेष्लिस्ट भनेर लेख्ने गर्छन्।


 

Read Full Discussion Thread for this article