Posted by: serial May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

                                     >>फुटेको समाचार यानी Breaking news<<


      अहिले भर्खर प्राप्त जानकारी अनुसार हाम्रै चौतारी का एक भद्र भलाद्मी आफुलाई एक्दम सोझो ठान्ने पर्वते उर्फ पर्वते पुडासैनि न्याप्किन ले लागेर सख्त घाइते भएको। अहिले हसुराइ कार्यक्रम कै क्रममा सो घटना भएको जानकारी पनि हामीलाई प्राप्त भएको छ। हामीले सो घटना हुँदा त्यहाँ उपस्थित मान्छेहरु सँग कुरा को चुरो बुझ्दा पर्वतेले तन्दूरी चिकेन खाइरहेकी दुई जाना केटीहरु लाई आप्रोच गरेको र आप्रोच गरी फर्किदै गर्दा तेही दुई च्वाँक हरुले न्याप्किन ले हिर्काएको खबर प्राप्त भएको छ। पछील्लो प्राप्त जानकारी अनुसार सो न्याप्किनमा ति केटीहरुले मासु लुछेर खाएपछी हड्डी तेही न्याप्किनमा पोको पारेको र तेही पोको पर्वते को टाउको मा लागेको ले घाइते भएको जानकारी भएको छ। अहिले सम्म पर्वते बेहोस भएको ले अरु थप जानकारी प्राप्त भएको छैन, अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामरामान को साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।

Read Full Discussion Thread for this article