Posted by: Birkhe_Maila May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हालै चौतारीमा एक अनौठो किसिमको रोग देखिएको छ। स्वच्छ हावापानी, वातावरण, रहनसहन र खानपिनका बाबजुद हिजो सम्म स्वस्थ तथा फुर्तिलो रहेका युवाहरुमा देखा पर्न थालेको यो नौलो रोगले सम्पूर्ण चौतारीमा नै त्रासको वातावरण उत्पन्न गरेको छ। उक्त रोगको बारेमा जानकारी पत्ता लगाउन, चौतारी  इन्स्टिच्युट अफ पटके हेल्थ 'सिपएच' (CIPH) द्वारा एक अध्ययन अनुषंधान गरेको थियो। उक्त अध्ययनको प्रतिवेदन अनुसार उक्त रोगको नाम 'एक्युट लहरे लभाईरस मुडखराब सिन्ड्रोम' 'अलएमसि'(ALLMC) रहेको छ। आउनुहोस यस रोग सम्बन्धी केहि जानकारिको बारेमा चर्चा गरौँ।

एक्युट लहरे लभाइरस मुडखराब सिन्ड्रोम 'अलएमसि'(ALLMC) :

रोगको परिचय-
यो एक किसिमको युवाहरुमा देखिने खतरनाक चित्तघातक रोग हो। यो रोग बिषेशत गधापच्चिसे उमेर ननाघेका युवाहरुमा देखा पर्छ। लभाइरसले प्रथम पटक आक्रमण गर्दा रोग सुखद हुन्छ र रोग लागेको जस्तो लाग्दैन र रोगी क्रमश भाइरसको चपेटामा पर्दै जान्छ; यस्तो किसिमको पहिलो स्टेजको रोगलाई लभोस्टिक स्टेज भनिन्छ। समयमै उपचार हुन नसकेमा यसले भयानक रुप लिन्छ र रोगी पूर्णतया लभाइरसको चपेटामा परेपछि रोगिको मानसिक सन्तुलन हराउँछ, भित्र भित्र अन्तरआत्मा कराउँछ, सेन्टि गित सुन्न मन पराउँछ र केटि देख्दा डराउँछ; यो स्टेजलाई ट्रेजिडिस्टिक स्टेज भनिन्छ।

रोगको लक्षण- लभोस्टिक स्टेजमा रोगले प्रतक्षत: कुनै पनि असामान्य लक्षण देखाउँदैन तर छिटै नै लभाइरसको असरले बाटोमा हिँड्दा प्रत्येक मान्छेमा, घरमा बस्दा घरमाथिको प्रत्येक दलिनमा, सिनेमा हेर्दा सिनेमाका प्रत्येक कलाकारहरुमा, घरको भित्ता भित्तामा तथा भात खाँदा भातको सिता सितामा युबतीको अनुहार देखिन्छ र मन ढक्क भएर आउँछ! ढक्क भएको मन उफ्रिन पुग्दा रुनु पर्ने बेलामा गित गाउन मन लाग्ने, गित टाँस्ने बेलामा मुड खराब भएर जाने, बच्चालाई बुढा देख्ने बुढालाई बच्चा देख्ने, कुरा गर्नु पर्दा सायरि फुर्ने र सायरी चौतारीमा सार्नु पर्दा सायरी लेखेको डायरी घरमा बिर्सने इत्यादी लक्षणहरु देखा पर्दछन्। बिस्तारै हत्केलामा डटपेनले युवतिको नाम लेख्ने, जुनसुकै गित पनि आफ्नो जीन्दगीमा मिलेको देख्ने, बिपनामै युवतीको नाम लिएर बर्बराउने, बोल्न मन नभए नि ओठ थर्थराउने तथा आफ्नो अगाडि ढ्याक्क युवती उभिएको देख्दा खुट्टा डग्मगाउने हुन थाल्दछ। अन्त्यमा ट्रेजिडिस्टिक स्टेजमा पुगेपछि, कुनै जोडि कुममा कुम मिलाएर हिँडेको देख्दा, कसैको बिहेको बाजा बजेको सुन्दा र सिनेमा वा टिविमा प्रेमालाप गरेको देख्दा हृदयाघात हुने सम्भावना रहन्छ ।

उपचार- समयमै उपचार गरेमा यो चित्तघातक रोगबाट बच्न सकिन्छ।यसका बिभिन्न उपचार बिधिहरु छन् जुन छोटकरीमा तल दिइएका छन्-

) कागजको प्रयोग तथा गाइ कि त्रिशूल(हेड अर टेल): कुनै युवती देखेर भाइरसले आक्रमण गरेको शंका लागेमा प्रारम्भिक चरणमा कागजको प्रयोग द्वारा भविष्यमा पुग्न सक्ने रोगको चित्तघातक स्टेजमा पुग्न बाट बच्न सकिन्छ। एउटा सफा कागजमा युबतीलाई देख्नासाथ आफूलाई के भएको सम्पूर्णकुरा लेखेर युवतीको हातमा दिने र मनमनै गाइ कि त्रिशूल भन्ने। बाँकि कुरा सम्पुर्ण चौतारीबासिहरु बुझ्न सक्षम हुनुहुन्छ।
२) आँखा सेकाउने: बैगुनी आँखाले एकजनालाई मात्र देखिदिनाले यो रोग छिटै लाग्न सक्छ, तसर्थ चोक चोकमा, गल्लि गल्लिमा, पसलमा, बजारमा, गित बहारमा जता ततै आँखा सेकाउने बानि गरेमा तपाइँको चित्त लभाइरसको लागि उपयुक्त हुँदैन र रोग लाग्ने सम्भावना कम हुन्छ।
३) जोगि बन्ने: यो रोग बाट पूर्णतया: इम्युन हुने एक मात्र उपाय जोगि बन्नु हो!
४) विवाह: विवाह गरेमा यो रोग पूर्णतया: निर्मूल नभएता पनि दमित अवश्थामा रहन्छ र यसले केहि हानि गर्दैन।
५) भउतेलाई भेट्ने र सबै कुरा गर्ने: भउतेलाई भेटेर सबैकुरा सुनाएमा, यो रोग बोकि बोकि पनि मजाले नाचेर र हाँसेर बाँच्न सकिन्छ।

धन्यवाद्



Read Full Discussion Thread for this article