Posted by: pooj33 May 19, 2008
वाईसीएल ज्यादती
Login in to Rate this Post:     0       ?        

वाईसीएल ज्यादती

राजकुमार कार्की

वृद्ध दम्पतीलाई कुटपिट

काभ्रे -कास)- छिमेकीबीचको विवाद मिलाउन गएका वाईसीएलले वृद्ध दम्पतीलाई कुटपिट गरेका छन् ।

सल्ले भुम्लु गाविस-२ का ५४ वषर्ीय रामबहादुर तामाङ र उनकी पत्नी देवमायालाई उनीहरूले पा“च दिनअघि घरमै कुटपिट गरेका हुन् । कुटपिटविरुद्ध रामबहादुरले जिल्ला प्रहरीमा आइतबार उजुरी दिएका छन् । दाजु चन्द्रबहादुरस“ग अपुताली जग्गामा मकै र्छर्ने विषयमा विवाद भएपछि वाईसीएलले वैशाख ३१ गते रामबहादुर र पत्नी देवमायालाई कुटपिट गरेका थिए । कुटपिटबारे छलफल गर्न स“गै धुलिखेल आइपुगेका चन्द्रबहादुरलाई प्रहरीले हिरासतमा राखेको छ ।

रामबहादुरका छोरी रोश्नीले देवमायालाई काठमाडौंको लाइफ केयर अस्पतालमा तीन दिन उपचार गराएको बताइन् । 'जीउभरि घाउचोट लागेको थियो, अहिले पनि राम्ररी ठीक भइसकेको छैन,' रोश्नीले भनिन् । आफू स्याउला काट्न गएका बेला वाईसीएलले घरमा बोलाएर कुटपिट गरेको रामबहादुरले बताए । 'हामी प्रहरीमै मिल्न जान्छौं भनेपछि कुटपिट गर्न थाले,' उनले भने- 'सबै मिलेर कुटेपछि बेहोसजस्तै भए“छु, क-कसले कुट्यो थाहै भएन ।' उनको धुलिखेलस्थित जनस्वास्थ्य कार्यालयमा उपचार गरिएको थियो ।

चार दिनपछि उपचार

गोरखा -कास)- वाईसीएलले कुटेपछि उपचार गर्नसमेत नदिएका एक शिक्षक चार दिनपछि उपचारका लागि सदरमुकाम आएका छन् ।

वाईसीएलले केराबारी गाविसस्थित नेपाने माविका शिक्षक रामेश्वर पोख्रेललाई कुटपिट गरेर पत्रकार र प्रहरीलाई खबर नगर्न धम्की दि“दै गाउ“ छाड्न दिएका थिएनन् । यससम्बन्धी समाचार प्रसारण भएपछि उनी शनिबार राति सदरमुकाम आएका हुन् ।

उनको टाउकामा पा“च टा“का लगाइएको छ । उनलाई बाहिर जान नदिएपछि गाउ“कै मेडिकलमा उपचार गराइएको थियो । 'पत्रकार र प्रहरीलाई भने जागिरबाट निकाल्ने र मारिदिने धम्की दिएपछि तीन दिन स्कुलमै बसें,' पोख्रेलले भने ।

पोख्रेलको टाउको र आ“खामा चोट लागेको छ भने जीउभरि नीलडाम छन् । सदरमुकाम नजिकैको छोप्राक गाविसका शिक्षक पोख्रेल तीन वर्षेखि स्थानीय माविमा पढाउ“दै आएका छन् । नेविसंघका तर्फाट गोरखा क्याम्पसको स्ववियु सभापति भएका उनी निमावि तहका अस्थायी गणित शिक्षक हुन् ।

व्यापारीलाई धम्की

सुनसरी -कास)- वाईसीएल कार्यकर्ताले सुनसरी चतराका एक व्यापारीसित ३० हजार रुपैया“ माग गर्दै नदिए ज्यान मार्ने धम्की दिएका छन् । चतरा व्यापार समितिका सदस्य सजन रायलाई लिगका कार्यकर्ता शम्भु ढोलीले त्यस्तो धम्की दिएका हुन् ।

'मैले ढोलीसित उल्टै करिब ५ हजार रुपैया“ लिन बा“की थियो,' रायले कान्तिपुरसित भने- 'रकम किन दिनु भन्दा ढोलीले त“लाई देखाइदिन्छु, मार्दिन्छु भने ।' धम्कीपछि चतरा उद्योग वाणिज्य संघको बैठक बसेको छ । बैठकले वाईसीएल कार्यकर्ताको ज्यादतीविरुद्ध निन्दा गरेको छ ।

व्यापारीले धम्कीविरुद्ध चतरा बजारमा पर््रदर्शनसमेत गरेका छन् । रायले ज्यान मार्ने धम्कीविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन् ।


Read Full Discussion Thread for this article