Posted by: Nepe May 18, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

Waka-jyu,

 

गजलको एउटा सिमितता के हो भने यो विधा सबै प्रकारको अभिव्यक्तिको लागि मैत्रीपूर्ण छैन । लामा लामा कथाहरुको विस्तृत वर्णन गजलबाट सम्भव पनि छैन, उपयुक्त पनि हुँदैन । त्यस्ता कथाहरु गैर-गजल कविता वा गद्य विधाबाट बढी सजिलो र बढी अचुक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।

 

गजल भनेको त Forrest Gump ले भनेको झै “A box of [assorted] chocolates” हो । यहाँ हरेक एउटा chocolate ले हरेक एउटा शेर जनाउँछ र Forrest Gump ले अगाडि थपे जस्तै “You never know what you're gonna get” हुनुपर्छ ।

 

यदि पाठक/श्रोताले एउटा शेर सुनेपछि अब अर्को शेर के को बारेमा छ वा त्यसमा के छ भनेर थाहा पाउँछ भने त्त्यो गजल गजल भएन, त्यो शायरी (शेर हाल्ने कला) भएन ।

 

शेर भनेको पाठक/श्रोतालाई छक्क पार्न लेखिने कुरा हो । त्यसमा आश्चर्य तत्व हुनै पर्छ । त्यो तत्व शेरमा पनि हुनुपर्छ, गजलमा पनि हुनुपर्छ । भावमा पनि हुनुपर्छ, संगठनमा पनि हुनुपर्छ ।

 

लौ मैले त झन् जटील पो बनाईदिए है गजलको परीचयलाई । तर जे भए पनि तलका केही कुराहरुलाई ध्यानमा राख्नैपर्छ । तर सर्जकले आफैलाई सबैभन्दा पहिले के सोध्नुपर्छ  भने- म मेरो भावनालाई गजलमा बढी अचुक र स्पष्ट ढंगले अभिव्यक्त गर्न सक्छु कि गैर-गजल विधामा ? गैर-गजल विधामा बढी स्पष्ट र अचुक ढंगले अभिव्यक्त हुन सक्छ जस्तो लाग्यो भने त्यसै गर्नु, गजलमा अभिव्यक्त गर्न अन्य विषय/कथा खोज्नु ।

 

अब गजलमा ध्यान दिनुपर्ने कुराहरु:

 

. शेरलाई कथाको बर्णन (description) को लागि होईन, टिप्पणी (comment) को लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको के हो भने शेर भनेको कुनै घटनाको जानकारी दिन मात्र लेख्ने नभई बरु त्यो घटनाले आफुलाई कस्तो प्रभाव पर्‍यो त्यस प्रभावको जानकारी दिन लेख्ने कुरो हो । अनि स्मरणिय रहोस्, कहिलेकाँही सादा वर्णन नै एक घाघडान टिप्पणी हुनसक्छ ।

 

. एउटै कुरा दुई शेरमा बाँडिन वा दोहरिन हुँदैन । (A ghazal must be like a box of assorted chocolate)

 

. शेर भनेको तीन पाने रक्सी हो, जाँड होईन । कथालाई डिस्टिल गरेर त्यसको सार खिच्ने भनेको । कथाको छोक्रा र पानी शेरमा देखिनु हुँदैन । छोक्रा र पानी बेगर कथा पुरा नहुने देखियो भने कि त डिस्टिल गर्ने तरीका पुगेन कि त त्यो डिस्टिल हुन सक्ने अर्थात् शेरमा अभिव्यक्त हुन सक्ने कथा नै होईन । त्यस्ता कथालाई गैर-गजल विधीबाट परिशोधन गर्नु र पस्कनु बेस ।

 

Nepe  

 

 

Read Full Discussion Thread for this article