Posted by: shirish May 17, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

sweta,

Is not it clear that the title of the thread is about Nepali Ghazals ? Too bad that you do not like ghazal. Can we help you to understand little better and develop your  intrest in ghazals ?

This one I modified and retouched and dedicated to Sweta Shrestha:

हरेक यात्रीका गति रोक्दै  हिड्छौ  !
नजाने गांउको बाटो सोद्धै हिड्छौ !

कि म पत्झडमा रम्दा असह्य भो?
झरेक पातमा रङ्ग पोत्दै हिड्छौ !

सुन्दै छु आफ्नै बारेका नयाँ कथा :
हुँदै नभएका कुरा बोल्दै हिड्छौ   !

आउंदा जांदा बेवास्ता हुन थाल्यो -
गल्लीमा नक्कली खोकी खोक्दै हिड्छौ

शिर भारी भएको या भक्ती भाब ?
मूर्ती जस्ता देखे जति ढोग्दै हिड्छौ   !

नंया सिट, नंया यात्रा, थोत्रो गाडी !!

रोक्ने ठांउमा गन्तब्य खोज्दै हिड्छौ !

 

बोनस शेर -

(भीरबाट लड्दा चोट कांहि नाई

घाईते पार्न ऊचाई खोज्दै हिड्छौ !)

Read Full Discussion Thread for this article