Posted by: sijupanta May 17, 2008
"Buba" I miss You!
Login in to Rate this Post:     0       ?        

मेरा भरत काका

मञ्जु का“चुली

गत वैशाख १८ मा कवि भरतराज पन्तको ७९ वर्षो उमेरमा पुस्तक पढ्दा-पढ्दै निधन भयो । विशेष गरेर काव्यिक/छन्द लेखनमा प्रयोगवादी धारामा कलम चलाइरहने होनहार कविलाई गुमायौं, हामीले । उहा“ले साहित्यका विभिन्न विधामा कलम चलाउनुभयो र पनि छन्दमा लेख्ने कविका रूपमै विशेष ख्याति कमाउनुभयो । एक दर्जनभन्दा बढी कृति नेपाली साहित्यलाई प्रदान गरेर पार्थिव शरीरलाई यही माटोमा बिसाउनुभयो । मानिस शरीरमा होइन, उसले आर्जन गरेको कर्ममा बा“च्छ भन्ने सावित गरेर जानुभयो । हामी दिदीबहिनी उहा“लाई भरत काका भन्ने गथ्र्यौं । उहा“ हामीलाई नानीहरू भन्ने गर्नुहुन्थ्यो । एउटा साहित्यकारको अर्को साहित्यकारस“गको आस्थाचाहि“

उमेर, लिङ्ग, स्थान, सम्बन्ध आदिका सिक्रीलाई नाघेर अर्कै उच्चस्थानमा कायम हु“दोरहेछ ।

काकाले जिन्दगीलाई अत्यन्त सहज प्रक्रियामा आत्मस्वीकार गर्नुभयो । उहा“ले आफ्ना दुःखपीडा, संर्घष्ा, वियोग आदिका दुःखान्त घटनालाई काव्यमा रूपान्तरण गर्नुभयो । नेपाली साहित्यलाई महत्त्वपर्ूण्ा योगदान दि“दै जनताका हृदयमा अमिट छाप छाडेर बित्नुभयो । काकाको अनुहार कान्तिपुरको समाचारमा र श्रद्धाञ्जलीको मुन्तिर देख्दा म छानाबाट खसेझैं भए“ । र बिस्तार-बिस्तार मलाई डिल्लीबजारको जन्मघर र उहा“को उपस्थितिको सम्झना आयो । भर्खरर्-भर्खर कलेज पढ्दा अंग्रेजी र नेपाली साहित्यले कलिलो मस्तिष्कमा अलौकिक प्रभाव पारेका बेला पत्रपत्रिका र साहित्यिक गफगाफ रोमाञ्चकारी लाग्थ्या, मलाई । असीमित प्रतिभाका धनी काकाका साहित्यिक कुरा म चाख मानेर सुन्थे“ । विशेष गरेर साहित्यका उपाख्यानहरूको वर्ण्र्ाा आफ्ना र अरूका लामा-लामा कविता कण्ठ गरेर किताब नहेरेरै भन्नसक्ने क्षमता, एकचोटी पढेपछि स्मरणमा रहिरहने तिखो स्मरणशक्ति सधैं ह“सिलो, फर्ुर्तिलो वाणी र अनुहार काकाका व्यक्तित्वका महत्त्वपर्ूण्ा पाटा थिए ।

उहा“ साधारण मानिस पटक्कै होइन । अतुलनीय प्रतिभा, लोकप्रियता र जिउने कलाले उहा“लाई असाधारण बनाएको थियो । आफ्ना पर्ूववर्ती अनेक साहित्यकारका त्यति लामा-लामा श्लोक कसरी सम्झन सक्नुभएको होला भनेर मलाई आर्श्चर्य लाग्थ्यो । जिन्दगीका कठोर आघात क्रमशः पत्नी वियोग र दर्ुइ छोराको वियोगलाई सहेर निष्ठुर संसारको अमानवीय नियतिल्ााई आत्मसात गर्दै जिउन सक्नुलाई भगवानले उहा“लाई मृत्यु र वियोगजस्ता अकाट्य सत्य सहनसक्ने शक्ति प्रदान गरेर कर्मयोगी दार्शनिक बनाएका हुन् । जस्तोसुकै, जटिल, दुःख र त्रासदीका अवस्थास“ग पनि लड्नसक्ने उहा“स“ग बलियो र धारिलो हतियार थियो, जसले उहा“लाई उनासी वर्षो उमेरसम्म कर्मयोगी दार्शनिकजस्तो गरी समाजमा हि“डायो, डुलायो, व्यस्त गरायो र बितेपछि पनि कालान्तरसम्म जिउने गरायो । त्यो हतियार साहित्य हो । सायद काव्य चिन्तन, लेखन, समाजमा घुलमेल, प्राज्ञिक व्यस्तताले उहा“लाई जिन्दगीबाट विचलित हुनबाट जोगायो । छोराको वियोगमा उहा“ले लेख्नुभएको शोककाव्य अतुलनीय योगदान हुनपुगेको छ । समाजमा जन्मे-हर्ुर्केपछि दुःख र सुख त सबैलाई आर्इपर्छन् । तर दुःख र पीडालाई जितेर तिनीहरूलाई सिर्जनामा जसले सहज र सफल रूपान्तरण गर्न सक्यो, उसैको कर्ीर्ति कालान्तरसम्म अतुलनीय हुन गयो । उहा“को आन्तरिक ताकत सकारात्मक सोच थियो, जसले उहा“लाई जिन्दगीमा साहित्यसेवा गरेर जीवन जिउने कलामा अग्रसर गरायो ।

बीसको दशकको सुरु तिरका कुरा हुन् । काकाले जब आफ्ना भर्खरै लेखिएका नया“ रचना सुनाउन लाग्नुहुन्थ्यो, हाम्रा दाइ -मर्ूधन्य साहित्यकार भीमनिधि तिवारी), हाम्री भावु -आमा कलाकार, ललितकला) भुवनेश्वरी तिवारी, दिदी डा बेञ्जु शर्मा र भाइहरू क्रमशः नीरञ्जन र निकुञ्ज गरी सबै स्तब्ध भएर सुन्ने गथ्र्यौं । उहा“मा लेख्नेमात्र होइन, पाठ गर्ने कला पनि आकर्ष थियो । पाठ गर्ने शैलीमा नाटकीयता, श्रुतिपधुरता, श्रोताको ध्यानाकर्षा गर्ने क्षमता र ह“सिलो बोली समाहित हुन्थ्यो । वाणी, हावभाव, रचनाको गाम्भर्ीय अर्थ आदिले काकाको काव्यिक व्यक्तित्व उद्घाटित गरिरहेको हुन्थ्यो । हामी त सुन्थ्यौं मात्र र कहिले-कहिले आक्कल-झुक्कल सानातिना प्रश्न गथ्र्यौं । हामी दर्ुइ दिदीबहिनी पनि आफ्ना रचना सुनाउने गथ्र्यौं र साथै हाम्रा पूजनीय पिता तिवारी पनि । भरत काकाको उपस्थितिमा हाम्रो घरमा एउटा साहित्यिक माहोल जम्ने गथ्र्यो । उहा“ आउने थाहा पाएपछि म आफूलाई लागेको आफ्नो उत्कृष्ट कविता सुनाउन रोज्न र बटुल्न थाल्थे“ । साहित्यको स्वाद पढ्नमा मात्र होइन, सानो वा ठूलो साहित्यिक गोष्ठी/माहोलमा पनि म अत्यधिक मनोरञ्जन/आनन्द पाउने गर्थें । प्रायः ती सबै ठाउ“मा काकाका आवाज/स्वर सुन्ने गर्थें ।

२०२० मा साहित्यकार भीमनिधि तिवारीको जीवनकालमै उहा“द्वारा स्थापना भएको तिवारी साहित्य समितिमा काकाको संलग्नता थियो । त्यतिबेला अध्यक्षचाहि“ प्रा जगन्नाथ शर्मा त्रिपाठी हुनुहुन्थ्यो । त्यतिबेलादेखि पारिवारिक सबन्धलाई पनि नाघेर काकास“गको हाम्रो सम्बन्ध साहित्यिक सम्बन्ध बनेर ज्यादै प्रगाढ र व्यापक बनेको थियो । पूजनीय पिता तिवारीको निधनपछि त्यो माहोल त्यसै हरायो, तर पनि पत्रपत्रिका र अनेकौं पुस्तक आकार र र्सार्वजनिक साहित्यिक माहोलमा काकाको उत्कृष्ट उपस्थिति कायमै रह्यो । छन्दमा विम्बका नया“ प्रयोग, भाषिक शिल्पको उच्चतम परिमार्जन, अलंकारको उचित समायोजन र उत्कृष्ट विचार भावको सम्मिश्रण आदि गुणहरूले उहा“का काव्य विभूषित छन् । मुलुक र माटोलाई धेरै माया गर्ने तथा पुख्र्यौली थलोलाई परिचयको पहिचान ठान्ने पन्तलाई नेपाली साहित्यको इतिहासले पाउ“दा हामी जोकोही साहित्यकारका लागि गौरवको विषय बनेको छ । उहा“को योगदानलाई जनताले निर्वाध रूपमा स्वीकारेका छन् । प्रशंसा गरेका छन् र नेपाल सरकारले उहा“जस्ता एक विद्वान, कर्मठ, सक्रिय उच्चकोटीका साहित्यकारलाई उचित मूल्यांकन गरेर कदर गर्न नसकेकामा खेद लाग्ोको छ । काम गरेर जानेको योगदानलाई कुनै सरकारले बेवास्ता गरेर के गर्नु - 'सिर्जना र प्रतिभाको पहिचान त्यतिबेला हुन्छ, युगले जब पारख गर्छ, का“च र हीरा छुट्टन्िछ ।' काकाले कविता सुनाउनुभएपछि पिता तिवारीले सुनाउनुभएको कविताको यो अंश मलाई फेरि पनि याद भयो । अर्को संसार पनि विश्वमा छ भने त्यस संसारमा पुगेर दाइलाई आफ्ना धेरै नया“ कविता सुनाउनुहोस् है भरत काका - म पनि प...छि आउ“दै गरु“ला । फेरि कविताको त्यस्तै माहोल जमाऔंला । यो अविरल यात्रा नया“ पुस्ताबाट अरू नया“ पुस्तामा काव्यिक धारा भएर अविरल बगिरहोस् । नश्वर शरीरको अवशेष नरहे पनि कविता बा“चिरहोस् । यिनै शब्दका फूलले म काकालाई श्रद्धाञ्जली अर्पण गर्छर्ुु

Posted on: 2008-05-16 19:13:46

 Dhukhi Prani =siju=Bharat Raj Panta's Natini

Source http://www.kantipuronline.com/kolnepalinews.php?&nid=147187

Read Full Discussion Thread for this article