Posted by: jakhanlal May 15, 2008
Ke Ho Rakta Chandan
Login in to Rate this Post:     0       ?        

Ke ho yo Rakta Chandan bhaneko. Khub taskari hudo racha.

 

ताप्लेजुङ हु“दै रक्तचन्दन तिब्बततर्फ

कान्तिपुर समारचारदाता

का“कडभिट्टा, जेठ २ - नेपालको बाटो हु“दै भारतबाट चीन निकासी हुने रक्तचन्दन पछिल्लोपटक ताप्लेजुङ हु“दै त्यसतर्फजान थालेको छ । पछिल्लो समयमा ताप्लेजुङको ओ लाङचुङगोला नाका हु“दै तिब्बतको रिउ बजार पुर्‍याएर चन्दन बिक्री गरि“दै आएको पाइएको छ ।

इलामका भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल भित्र्याएर खाद्यान्न लोड भएका ट्रकमा लुकाइछिपाई ताप्लेजुङ पुर्‍याउने र त्यहा“बाट भरिया लगाएर ओलाङचुङगोला हु“दै रिउ बजार  पुर्‍याउने गरिएको स्रोतले बताएको छ । यसअघि झापाका सीमावर्ती क्षेत्रबाट काठमाडौं हु“दै तिब्बतको खासा पुर्‍याइरहेका व्यापारीले उक्त मार्ग मह“गो र जोखिमयुक्त हु“दै गएपछि  ओलाङचुङगोला नाका प्रयोग गर्न थालेका स्रोतको दाबी छ ।

स्रोतका अनुसार तिब्बत पुर्‍याउने तयारी गरिएको १६ टन चन्दन अहिले ताप्लेजुङ बजार आसपासको क्षेत्रमा गोदाम गरेर राखिएको छ । केही दिनभित्रै रिउ बजार पुर्‍याउने  तयारी भइरहेको बताइएको छ । झापाको बिर्तामोडबाट ताप्लेजुङसम्म दाल, चामललगायत खाद्यान्न ढुवानीको काम गर्ने केही व्यापारी पनि अहिले रक्तचन्दनको धन्दामा लागेको  बताइन्छ ।

उक्त चन्दन २ साताअघि दार्जिलिङको मिरिक क्षेत्रबाट इलामको पशुपतिनगर नजिकको खुला सीमाना हु“दै नेपाल भित्र्याइएको थियो ।

त्यहा“बाट खाद्यान्न लोड गरिएको ट्रकमा राखेर ताप्लेजुङ पुर्‍याइएको हो । तिब्बत निकासी प्रयासस्वरूप अहिले प्रशासन, प्रहरी, स्थानीय राजनीतिक दललगायतस“ग 'लाइन'  मिलाउने काम भइरहेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार काठमाडौं-खासा रुटभन्दा ओलाङचुङगोला-रिउ रुट ८० प्रतिशत सस्तो छ । 'ताप्लेजुङबाट ओलाङचुङगोला पुर्‍याउ“दा भरियाले प्रतिकिलो ८० रुपैया“ लिन्छन्,' स्रो तले भन्यो, 'काठमाडौंबाट खासा पुर्‍याउ“दा 'केरियर' चार्ज मात्र १ हजारदेखि १ हजार २ सयसम्म तिनर्ुर्ुर् ।' पर्ूवका भारतीय सीमावर्ती इलाकाबाट ताप्लेजुङ पुर्‍याउन जति कम  जोखिम बेहोनर्ुर्ुर् त्यसको तुलनामा काठमाडौं पुर्‍याउ“दा दसौं गुणा बढी जोखिम छ । एक ट्रक रिउ बजार पुर्‍याएबापत व्यापारीको हातमा सबै खर्च कटाएर ८० लाखदेखि १  करोड“सम्म आम्दानी हुने भएकाले दाल, चामलको व्यापारभन्दा चन्दनको धन्दा आकर्ष भएको एक व्यवसायीले बताए । ताप्लेजुङबाट ओलाङचुङगोला पैदल ३ दिन र त्यहा“बाट  पैदल ३ दिन गरी ताप्लेजुङबाट हि“डेको ६ देखि ७ दिन लगाएर रिउ बजार पुर्‍याइने गरेको छ ।

दसैंताका ताप्लेजुङको बहानन्देबाट प्रहरीले २ दशमलव २ मेटि्रक टन चन्दन बरामद गरेको थियो । जिल्ला वनलाई जिम्मा लगाइएको उक्त चन्दन अहिले जिल्ला प्रहरी परिसरमा  राखिएको छ । त्यसबाहेक चन्दन आएको कुनै जानकारी नभएको जिल्ला वन अधिकृत योगेन्द्रप्रसाद साहले बताए । जतिसुकै लाइन मिलाए पनि सजिलै तिब्बत निकासी गर्न  असम्भव भएको साहले दाबी गरे । उनका अनुसार ताप्लेजुङ-ओलाङचुङगोला रुटमा पर्ने स्थानीय वन उपभोक्ता समूहहरूको सहयोगमा अबैध निकासी रोक्न जिल्ला वनले काम  गरिरहेको छ ।

Read Full Discussion Thread for this article