Posted by: Nepe May 15, 2008
Is this a secret or twist?
Login in to Rate this Post:     0       ?        

नेप्टेज्यू,

 

माओवादीप्रतिको अमेरीकी अडानमा यदि भ्रम नै परेको थियो भने त्यसको एउटा कारण चाही राजदूत जेम्स मोरियार्टीका गालीवादी टिकाटिप्पणी हुन् । मोरियार्टी बाजे के कारणले हो कुन्नी, अमेरीकी प्रशासनले चाहेको/खटाएको भन्दा बढाईचढाई गरेर माओवादीलाई सराप्थे । माओवादीलाई टेरोरिस्टका टेरोरिस्ट लगाउने यिनै हुन् र शायद त्यसैले यस्तो भ्रम पर्न गएको हो ।

 

Nepe

 

*** *** *** *** ***

 

चनाज्यू,

 

नेपालमा अब २० वर्ष माओवादीले शासन गर्छ भनेर तपाईले नै भन्नु भएको होईन ? अमेरिकी गुप्तचर विश्लेषणमा पनि त्यो सम्भावना पक्कै छ । यति लामो समय शासन गर्ने शक्ति/सत्ता संग शत्रुता भन्दा मित्रता कल्याणकारी हुन्छ भन्ने कुरा अमेरिका जस्तो छट्टुले नखुट्याउने कुरै छैन । त्यसैले अमेरिकालाई माओवादीको भिसा को चिन्ता छ भन्दा हुन्छ । हुँदैन र ?

 

Nepe

Read Full Discussion Thread for this article