Posted by: parbatya May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

आदरणिय गाम्ले दाजुभाइ तथा दिदिबहिनीहरु,


सबैभन्दा पहिले क्रान्तिकारी अभिबादन टक्र्याउन चाहन्छु !!!!
चौतारी मन्त्रिपरिशद  कार्यालय द्वार जारी बिभिन्न सुचना प्रति हाम्रो ध्यानाकर्षण भएको छ । मन्त्रिपरिशद प्रमुख श्री बिर्ख बहादुर बोगटी द्वारा आफ्नो मनोमानी ढंगले कार्यबिभाजन, हेरफेर तथा घटुवा गरी भिन्न मत राख्ने हरु प्रती जबर्जस्ती कारबाही र  आफ्नो नातागोता हरुलाई पदभार सुम्पेकोमा हाम्रो पार्टी घोर आपत्ति ब्यक्त गर्दछ । चौतारी को बिकास उत्कर्श तिर लम्केको बेलामा हाम्रो बिपक्षी पार्टिलाई समेत् सहभागि गराइ नयाँ चुस्त दुरुस्त कार्यपालिका गठन गर्नुपर्नेमा असुहाउदो तलब भत्ता सहित् आफ्नो कार्यकर्ता पोस्ने काम भएको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छु । तसर्थ हालसम्म भएगरेका निर्णय हरु माथि पुनर्बिचार् गरी गाम्लेहरुको मन जित्न सक्ने जनप्रिय निर्णय नलिएमा 'चौतारी बन्द' सम्मको अप्रिय निर्णय लिन हाम्रो पार्टी वाध्य हुने ब्यहोरा जानकारी गराउछु . सलाम चौतारी


चौतारी साम्यबादि पार्टी  
(सबै सदस्य को समान हित को लागि गठित)

Read Full Discussion Thread for this article