Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

लोल! मास्टरनी नानि! हाहाहाहाहा

लोल अर्को सुचना लेख्न मन लाओ! रछ्छे गर पर्भु!

 

जिम्मालको नाचले चौतारी अचम्भित-

अस्ति सम्म बैतरणि राम्रो संग तर्न पाओस भनेर चौरासी पचासी जति सम्म गन्ति आउँछ त्यति नै दान गर्ने कुरा भैराखेको बेलामा, बयोबृद्ध जिम्माललाई मास्टरनी नानिले 'च्यान्टे जिम्माल'मा घटुवा गरेदेखि जिम्मालको भुइँमा खुट्टा छैन। अचानक आफुलाई जवान सम्झने, बुरुक बुरुक उफ्रने, बुर्कुसि मार्ने, दायाँ बायाँ हेरेर मिले सम्म आँखा पनि मार्ने, सुरुवाल फुलाकेर पैँठ लाउने, दौरा फालेर सर्ट लाउने तथा सेतो कपालमा बेट्रि फोरेर कालो लाउने अनि तोरिको तेल हालेर हिँड्ने गरेको देखिन आएको छ। सबै कुरा सकेसम्म जवान देखिने किसिमले मिलाउँदा पनि निजको फुक्लेको दाँतमा नयाँ दाँत कसरि हाल्ने भन्ने बिषयमा एकजना महान गजलकार संग वार्ता भैराखेको छ। नलिखुट्टाको सम्बन्धमा बिहान सम्म चर्केर दुख दिने नलिखुट्टा अहिले अचानक चङ्गा भएको कुराले नलिखुट्टा चर्कने कुरा केवल बुढो भएको साइको मात्र परेकोले भन्ने बुझिन आएको छ! हाल जिम्माल च्यान्टे जिम्माल बनेर चौतारीमा "च्यानकुटु च्यानकुटु झ्याईँ गर्ने बाजा..." बन्दै नाचिरहेको थाहा हुन आएको छ!

लोल कुम्ले! तो निलो अछ्छेर नआ त तेइ फुनमा भा बात जस्तै भ'र हो! आम्छ आम्छ छिटै आम्छ उस्तै त हो नि जइले नि!

 

Read Full Discussion Thread for this article