Posted by: Nepe May 15, 2008
Is this a secret or twist?
Login in to Rate this Post:     0       ?        

अमेरिकाले प्रतिपादन गरेको आतंककारी वर्णाश्रमको बारेमा विस्तृत चर्चा मिडियामा हुने नगरे पनि के कुरा सबैलाई थाहा थियो भने माओवादीलाई अमेरिकाले दोश्रो दर्जाको आतंककारी जात तोकेको छ । अमेरिकी राजदूतहरुले नै यसको बारेमा बताउने गर्दथे । पूर्व राजदूत माईकल मालिनोव्सकीको मुखबाट सुन्ने अवसर यो पंक्तिकार स्वयंले पाएको थियो । साझामा यसको चर्चा थुप्रैपल्ट भएको छ ।

 

नेपाली मिडियामा यो वर्णाश्रमको बारेमा चर्चा नहुनु पनि खासै आश्चर्यजनक कुरा हैन । कुन दर्जाको आतंककारी भन्ने कुराको के नै महत्व थियो र, माओवादी सत्तामा नआउन्जेलको लागि ? फेरि शेरबहादुर देउबाको सरकारले त माओवादीलाई पूर्ण आतंककारी घोषणा गरेकै थियो । त्यो भए पछि अर्थोक बहस किन आवश्यक थियो र ?

 

अब आएको twist को कारण चाही उल्टो छ । अमेरिका माओवादीलाई आतंककारीको लिस्टोबाट हटाउन भन्दा आफै माओवादीको साम्राज्यवादी लिस्टोबाट हट्न हतारिदै छ । अमेरिका आफ्नो शक्तिशाली rival चीनको छेवैमा एउटा unfriendly state भएको हेर्न चाहदैन । कुरो ह्याँ छ ।

 

Nepe

Read Full Discussion Thread for this article