Posted by: Rahuldai May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

श्रीमान/श्रीमती प्रवक्ता ज्यू।
चौतारी मन्त्री परिषदको कार्यालय।
चौतारी

                                         बिषय- चित्त नबुझेको ले पित्त पठाइएको  बारे।

महोदय,

           चिलिम कल्याण समाजको संस्थापक अध्यक्षको हैसियतले चिलिम र चिलिम पारखिहरुको गरिमा सधैं उच्च राख्दै चिलिम बिरोधी अराजक तत्व संग संघर्ष गर्दै आएको बिदितै छ। हालै को निर्वाचनमा आधारमी आराध्य देब महादेब का कट्टर दुश्मनहरुले अनेक प्रपन्च गरी चुनाव जिती आएकोले हाम्रा चिलिम प्रेमी सभ्य नागरिकहरु भूमिगत हुनु परेको तथ्य घाम जत्तिकै छर्लङ छ। तसर्थ संख्यात्मक हिसाबले चिलिम कल्याण समाजको बिस्तार नभएको जस्तो मात्र देखिएता पनि गुणात्मक हिसाब ले अग्रगामी छलाङ मार्न सफल भएको छ। तसर्थ मन्त्री परिषद को घटुवाको निर्णय अत्यन्त हचुवा भएको ले चित्त दुखेको छ। दुखेको चित्त के पठाउने भनेर नियमित निस्क्रमण गरिने एक टुक्रा पित्त यसै साथ नत्थी गरी घटुवा निर्णय लाई तत्काल बदर गरी बढुवा मा पारीणत गर्न हुन यो निबेदन दिएको छु।

निबेदक


राहुल भाई राजभण्डारी
अध्यक्ष
चिलिम कल्याण समाज।
 

नोट्: अन्यथा वाध्य भएर चौतारी चन्डाल पीडित समाज को अध्यक्ष आँफै बन्नु पर्ने हुन जाने छ। र त्यसको जवाफदेही मन्त्रिपरिषद आँफै हुने छ।

Last edited: 15-May-08 02:57 PM
Read Full Discussion Thread for this article