Posted by: Birkhe_Maila May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

हाल बसिरहेको मन्त्रिपरीषद्को बैठक द्वारा प्रकाशित सुचना (दोश्रो खण्ड):

 

सुचनाको दोश्रो खण्डमा निम्न बिभागका बिभागिय प्रमुखहरु कार्वाहीमा परेका छन्।

 

१) खच्चर ग्रुमिङ संस्थान का अध्यक्ष श्री च्याङ्बा चाम्लिङ्ग, तपाइँले खाइ पाए आएको ग्रुमिङ संस्थानको पदभार बमोजिमको कुनै पनि काम गरेको देखिन आएको छैन। खच्चर जस्तो, हेर्दा घोडा र काम गर्दा गधा बन्न सक्ने प्राणिको ग्रुमिङ को जिम्मेवारि लिएर पनि तपाइँ मजाले खाएर आराम गरेर मात्र बस्नु भएको छ। चौतारीको संस्थानमा तपाइँको प्रबेश केवल किरेजी क्राफ्रोड आएको बेलामा मात्र देखिन आएकोले तपाइँ बाट खच्चरको ग्रुमिङ कार्य नहुने निधो गर्दै तपाइँलाई सेवा बात भविश्यमा आयोग्य नहुने गरि बरखास्त गरिएको छ।

 

२) साहित्य तथा छुचो बोलि प्रोत्साहन समितीका सचिब श्री गौतम विक्रम गोतामे, तपाइँको यस्तो गरिमामय बिभाग हुँदा हुँदै पनि तपाइँ चौतारी सरकार प्रतिको आफ्नो कर्तव्यपालनाबाट च्युत हुनुहुन्छ। साहित्यको प्रोत्साहनमा चौतारीमा तपाइँले योगदान त के पाँच पैसाको गौदान समेत नगरेकोले चौतारीका कयौँ वास्तवमा सयौँ जागरुक जनताहरु साहित्य  र छुचो बोलि बिमुख हुन पुगि  छातिमा भाला रोपेको जस्तो साहित्यिक वाण हान्न छोडेर नरम र गुलियो कुरा गर्ने बनेका छन र यसको आरोप तपाइँलाई जान्छ। तपाइँलाई घटुवा गरिएको छ, आजका मिती देखि लागु हुने तपाइँको पद, सहायक, नचलेको साहित्यिक पुस्तक च्यातचुत तथा सोहि काजतले नानाभाँति पाछपुछ समिती रहने छ।

 

३) चिलिम कल्याण समाजका अध्यक्ष श्री राहुलभाई रायमाझी, तपाइँले पद को दुरुपयोग गरेको गणित तथा तथ्याङ्कले पुस्टि गरेको छ। चिलिम कल्याण जस्तो कल्याण समितीमा बसेर पनि तपाइँले दिनमा एउटा दुइटा चिलिम ब्रेक भन्दा बढि चिलिमलाई कहिले कल्याण गर्नुभएन। बिगतमा सदैव चिलिम प्रेमि देखिनुभएकोले जनताको अपार माया तथा स्नेह पाएर तपाइँले यो पद पाउनुभएको थियो। तर पद पाएको यतिका समय बितिसक्दा पनि तपाइँले ३ जना भन्दा बढि चिलिमे उरन्ठेउलाहरुलाई आफ्नो पार्टीमा ल्याउन सक्नुभएन। चिलिम भन्दा बढि तपाइँको झुकाव मम, नारायणगोपाल तथा सबिता र कबिता तिर बढि देखिएकोले तपाइँलाई आजका मिती देखि लागु हुने गरि चिलिम कल्याण समाजको अध्यक्ष पद बाट बरखास्त तथा सरुवा गरिएको छ। सरुवा गरिएको विभाग भने मन्त्रिपरीषदले यो बैठक सकिएपछि बताउने भए ता पनि, माति उल्लेखित मम, नारायणगोपाल वा सबिता कबिता हरु संग हातेमालो गर्न मिल्ने बिभाग हुने छ।

 

४)पौराणीक तथा बैज्ञानीक सहित्य समितीका महर्षी श्रि गालबेन्द्र गिरि, तपाइँले खाइपाई आएको अत्यन्त गरिमामय, सम्मानित तथा बेलाबेलामा अभिमानित् समितीको पदभारमा तपाइँ बिगत केहि समय देखि अनुपयुक्त प्रमाणित हुनुभएको छ। पौराणिक तथा बैज्ञानिक साहित्य संकलन तथा सृजना एक ठुलो बिधा हो। सृजनसिल महर्षीले एक पटक साहित्य पस्कने कुरा गर्छ र २ पटक साहित्य पस्कन्छ, तर तपाइँ ३ पटक पस्कने कुरा खोक्नु हुन्छ र एकपटक पनि पस्कनुहुन्न। तसर्थ मन्त्रिपरीषद्ले तपाइँलाई तपाइँले खाइपाई आएको पदमा अयोग्य ठहर गर्दै तपाइँलाई तपाइँयोग्य समितीमा घटुवा तथा सरुवा गर्ने निर्णय गरेको छ। आजको मिती देखि तपाइँको पद, हल्कारा, लुकेको समाज तथा बसपार्क साहित्य समिती रहने छ।

 

५)चौतारि माध्यामिक बिद्ध्यालय ( चौमाबी) का प्रिन्सिपल, श्रिमती मास्टरनी नानि मरहठ्ठा, तपाइँ चौमाबिको प्रधानअध्यापिका रहँदै आउनुभएकोमा, चौमाबीका बिद्धयार्थिहरुको हालको चर्तिकला, चौमाबिको एसएलसि रिजल्टको कन्तबिजोग तथा चौमाबिमा हाल बिद्ध्यार्थिहरुमा कायम रहेको एउटै कक्षामा ३ बर्षे निती इत्यादी सम्पूर्ण कुराहरुको तथ्याङ्कले तपाइँले पदभारमा रहि केवल भार बिसाउने काम मात्र गर्नुभएको खुल्न आएको छ। तसर्थ तपाइँलाई घटुवा गरिएको छ। तपाइँको आजका मिती देखि लागु हुने पद, टिचर, चौतारी प्रि प्राइमरी इस्कुल रहने छ।

 

 

बाँकिका फेर बदल, नया बिभाग तथआ बिभागिय प्रमुख नियुक्ती सम्बन्धी सुचना यो बैठक सकिएपछि तेश्रो चरणको सुचनामा प्रकाशित गरिने छ। केहि महानुभावहरुले नया बिभागिय पदभार पाउनुभएको छ भने केहि बिभागिय प्रमुखहरु बढुवा पनि हुनुभएको छ। सबै बाँकि सुचना तेश्रो चरणमा।

 

पुनश्च: (चित्त नबुझेको हकमा)- कुनै पनि पदभार फेरबदल, बढुवा घटुवा वा सरुवामा चित्त नबुझेमा नबुझेको चित्तको एक टुक्रा एउटा निवेदनसाथ संलग्न गरेर पठाउनुहोला, उक्त निबेदनमाथि कार्वाही गरि न्याय प्रदान गरिने छ।

 

धन्यवाद्

 

चौतारी मन्त्रीपरीषद्

Last edited: 15-May-08 02:28 PM
Read Full Discussion Thread for this article