सामर्थ्य, देशभक्त ( नित्यानन्द) युबा, बिद्रोही र अरू पनि वाइसिएल क्याम्पका कामरेडहरू:
१) लोकतन्त्रले मान्छे मार्दैन, मान्छे मार्नेहरू कि त सैनिक तानाशाह वा कम्युनिष्ट तानाशाहहरू मात्र रहेका छन् आधुनिक विश्वको इतिहास हेर्यौ भने। तिमीले कहाँबाट गनेका इन्डोनेशियाका लासहरू, कम्युनिष्ट र सैनिक तानाशाहका लडाईँका उपज हुन । निकारागूवादेखिका तिम्रा रातो किताब पडेर उम्रिइका चर्चाहरू केलाउन तिम्ले आफ्नो मगजलाई त्यति बेला तत् तत् मुलुकमा कुन तानाशाह सत्तासीन थियो भनेर खोजी गर्यौ भने फेला पर्छ । स्टालिनले गरेको नरसंहार, हिट्लरको नरसंहार, चिनिया सांस्कृतिक क्रान्तिको नरसंहार।, क्यम्बोडियाको नरसंहार जस्ता २० औँ शताव्दिका सबेभन्दा कहालीलाग्दा नरसंहारहरूमा सैनिक तानाशाहहरूको योगदान भन्दा बढी त कम्युनिष्टहरूको हात चोबिएको । अब यस्तो विचारले २१ औँ शताव्दिमा कुनै मुलुकको उद्दार होला भनेर त तिमी जस्ता माओवादी राजनितिको चास्नीमा डुबेका झिंगाहरूलाई मात्रा लाग्न सक्छ । म जस्तो विस्व राजनीतिको अध्ययन गरेको मान्छेले कल्पना पनि गर्न सक्दिन यो झूटमा पनि कुनै भविष्य छ हाम्रो भनेर ।
२) कम्युनिष्टहरू संसार भर एउटै झण्डा बोकेर उही रातो किताबको कुरान पढ्दै जिहाद मच्चाउँछन , तर कम्युनिष्टइतर सबै उही ड्याङको पूँजिवादि भने हैनन् । हिट्लर, सुकार्तो, स्टालिन, माओ, किम इल सुङ,पोल पट, मुसोलिनी कुनै पनि लोकतन्त्रका आदर्श थिएनन् र हैनन तर यी मध्ये आधा जसो कम्यनिष्टहरूका अल्लाह हुन । यी इतिहासका खलपात्रहरू कसैले पनि कुनै सिंगो मुलुकलाई गर्व गर्न लायक बनाएर छोडेनन् ।
३) मेरो बिरोध मान्छे हरेक बिरोधी विचार राख्नेहरूको कत्लेआममा विश्वास राख्ने र साथसाथै आँफूलाई लोकतन्त्रका हिमायती पनि हौँ भनेर भन्न खोज्नेहरू बिरुद्द हो । नेपाली माओवादको चरित्रमा बिरोधी विचार राख्नेहरू प्रति कुनै पनि सहनशिलता छैन, न त विचार न त व्यवहारमा । अहिलेसम्म देखिएको कुरा यही हो , अब माओवादीमा १८० डिग्रीको परिवर्तन आएछ भने प्रशंसा गरौँला कौही आपत्ति छैन ।
४) मैले राजतन्त्र, कांग्रेस वा एमालेसंग बाट कुनै फाइदा लिएको रहेछु भन्ने तिम्ले थाहा पाएकोमा तिम्रा दिव्यदर्शी आँखालाई बधाइ र आजका मितिबाट यो फाइदा तिम्रा नाममा नामसारी गरेको घोषणा गर्दिन्छु, लैजाऊ चैन गर मेरा सुखहरूको है त ! अब कुरा के रह्रो भने ,उदारवादी लोकतानत्रिक राजनीतिका हिमायति राजनैतिक दलहरू मरा विचारमा माओवादी भन्दा सय गूणा भरपर्दा र संस्कारयुक्त छन् भन्ने मेरो सोच छ । हिजो गल्ति गरेका दलहरू बद्लिँदो माहौलामा सच्चिन सक्छन्, निश्चय पनि जति कहालीलाग्दो दुष्ट्याईँको खलपात्र भए पनि दलहरूलाई केही हदसम्म सुधार्न माओवादी योगदानलाई पनि जश दिनै पर्छ । यो कालो बादलको पनि चाँदीको घेरा हुन्छ भने जस्तै हो ।
५) मेरो विचारमा दलहरूले भ्रष्ट भएर गलत गरे, माओवादीले भ्रष्ट, लूटेरा हत्यारा भएर गलत गरे, ज्ञानेन्द्रले दरबारकाण्ड र तानाशाही महत्वाकांक्षाका गल्ति गरे , नेपाली सेनाले सरकारका पक्षमा काम गरेर गल्ति गरे । अब गल्ति सबैले गरेका हुन भने सबैलाई गल्तिका भागिदार बनाउनै पर्छ । तर एउटा दुष्ट चोखिएर सत्तामा ढलिमली गर्ने अरू दुष्ट कहलिएर तिरष्कृत बन्नु पर्ने कुनै नियममा अरू सहमत भैदिनुपर्ने कुनै कारण छैन ।
६)अहिलेको घटना विकासक्रममा माओवादीले आफ्नो प्राइभेट आर्मी व्यारेकमा राख्ने , लाखौँको वाइस्याल मिलिसिया छाडा छाडेर अरू माथि रडाको फिँजाउने काम गरिरहने अनि उसैको हालीमुहाली मानिदिन अरूले उसलाई बोकेर सत्तामा पुर्याइदिनुपर्ने कुनै दरकार छैन । माओवादी जुन बाटो बाट हिँड्न खोज्दै छ यसले देखिँदैछ कि ऊ सत्ता आरोहण गर्न हैन सत्ता कब्जा गर्न खोज्दैछ । हरू दलहरू स्पष्ट हुनै पर्छ कि नेपालमा ज्ञानेन्द्र र राजतन्त्रको अवशान केवल माओवादीलाई सत्तामा पुर्याएर कोरियन मोडेलको परिवारवादी कम्युनिष्ट अधिनायकवाद कायम गर्नका लागि हुँदै त छैन ? पक्कै छ र मेरो बिरोद यसैका लागि हो ।
७) माओवादी अधिनायकवादि यसर्थमा पनि हो कि उसले आँफु ठूलो दल भैसकेपछि पनि ठूलो दल हुनुको अनिभव र जिम्मेवारी बहन गर्न उस्ले कुनै दरकार महशूश गरेको छैन । उसले अझै हिजोको बिद्रोही समूह जस्तो अरू दलका मतदातालाई गाउवबाट लखेट्न, अरू दलका मतदाता बसेको गाऊँमा जाने पानीका पाइप काट्न, अनि विद्यालयमा गएर शिक्षकहरूलाई पिटेर मरणासन्न पार्ने कामको क्रान्तिकारिता देखाएर आफ्नो छवीमा चार चाँद थप्दैछ ।
८) हिजो सरकारहरू गठन भएका थिए, हिजोका संवैधानिक व्यवस्थाका लागि र त्यसै अनुसार भएका थिए । अहिलेकको संविधानमा कहीँनेर सत्ता परिवर्तनको जिकिर समेत छैन र गर्न चाहे दुई तिहाईले गर्ने भनेर ळेखेको पढेकै हौला । कि त दुई तिहाई कि त सहमति गरेर सरकार बनाउने भन्ने व्यवस्था संविधानमा भैसकेपछि , माओवादीका नेताले अक्षर चिनेका भए त्यही अनुसार गर्दा भैहाल्यो हैन भने लडेर नेपाल जित्दिए भैहाल्यो नि , के को भद्रो हेरिरहन पर्यो र कि कसो ? जित्नेले जितेर लिँदा भैहाल्छ, विजेताको इतिहास हुन्छ भन्छन् क्यारे !
९) अन्त्यमा मेरो डर हो : राजतन्त्रको दुईसय वर्षको इतिहासको पछिल्लो वर्षहरूमा घरिघरि झल्याकझुलुक अपूर्ण लोकतन्त्रका एकाध दशक भोगेका कारणले राजतन्त्रको विसर्जनका साथ अर्को कम्बोडियन पोलपोट , क्युबान काष्ट्रो र उत्तरकोरियन किमइल शैलिको अधिनायकवादको त्राषदीपूर्ण कहालीलाग्दो रात नेपालमा नछाओस् भन्ने सम्मको हो । यदि तिम्रो कम्युनिज्म यो खालको हैन र यस्ले विश्वमान्य उदारवादी लोकतन्त्रका मान्यताहरूलाई अंगालेरै समाज कल्याणकारी योजनाको मार्गमा अगाडि बढ्ने हो भने , म पनि तिम्रै साथमा छु है । तर कुराले हैन व्यवहारमा हुन पर्यो यो सब कुरा ।
अन्त्यमा, वैचारिक बहसको निम्ता सहित !
Comment by अनुजबाबु — May 15, 2008 @ 4:50 pm