Posted by: तिका: May 15, 2008
राजा सहितको गणतन्त्र नेपाल ?
Login in to Rate this Post:     0       ?        

एउटा शेरलाइ
थु्प्रै मृगहरू मिलेर
एउटा गुफाबाट अर्को गुफा
सार्न अातुर भएछन् ।
-
कुनै चतुर स्यालले
जंगलको राजा
थातको रक्षक
संरक्षणकर्ता भनेर
हुइया पिटकै भरमा
विचरा मृगहरू मर्न लागेको शेर
स्याहार्न व्यस्त भए ।
-
एक दिन
शेर शेरकै व्यहोरा देखाएर
गुफाबाट निस्कीयो ।
त्यसले
निरीह मृगहरू
तिनका लोभगाग्दा शावकहरू
तिनका मायालाग्दी मृगीणीहरू
केही भनेन,
उसले सोच्यो यो जंगल उसकै हो ।
शक्तिले मदमस्त बनेको शेर
मनलाग्दो गर्दै गयो ।
विस्तारै मृगहरू सकिंदै गए ।
शावकहरू उफ्रीन छाडे
मृगीणीहरू नाच्न छाडे
मृगहरू निस्नै छाडे
फेरी जंगल शून्य बन्यो ।
-
रित्तिएको जंगलबाट एक्कासी
ब्वाँसोहरू निस्के
घोरलहरू निस्के
चित्तलहरू निस्के
हरिणहरू, मयूरहरू, हात्तीहरू
थुप्रै थुप्रै हजाराै
लाखाै निस्के
शेरको विरूद्धमा
-
गर्जीरहेको शेर
एक्कासी गुफाभित्र पस्यो
लाखाै घोरल चित्तलहरूले गुफा घेरे
अरिंगालहरूले गोलो लगाए
तव शेर लुत्रुक्क परेर निस्कियो
म चूपचाप बस्छु अव
उसले घोषणा गर्यो ।
सवै चूप भए
कोही शेर हटाउन नारा लगाउन थाले
कोही शेर चाहिन्छ भनेर दुहाइ दिन थाले
विवाद भयो
भोट भयो
शेरले हार्ने भएपछि
गुफा छोड्नै पर्ने भयो
बिचरा शेर
त्यतिकै के बस्थ्यो र ?
फेरी स्यालहरूलाइ हुइया पिट्न लगायो
तर अव मृगहरू
स्यालको कुरा सुन्नेवाला थिएनन्
-
अाखिर गुफा खाली भयो ।
शेर भाग्यो गुफाबाट
कता भाग्यो
मलाइ पनि थाहा भएन
शायद त्यो इतिहासले लेख्नेछ ।

Comment by कञ्चन लिम्बू — May 13, 2008 @ 11:16 am

Read Full Discussion Thread for this article