म हिजो यहाँ पोष्ट गरिएको एउटा कपि पेष्ट लेख जुन स्वयं माओवादी भाष्यकार विद्वान बाबुरामको लेखनी थियो पढेर एउटा कुरा बुझ्न नसकेर असरल्ल परिरहेको छु । र त्यही कुरा यहाँ अक्सर आँफुलाई माओवादीको चाटुकार बनाउन खोज्नेहरुका कमेण्टहरूमा पनि भेट्टाउने गर्छु कि माओवादीले राजा हटाउन यत्रो बलीदानी गरेको थियो भनेर । कसैले माओवादीले १४,००० मान्छेको बलीदानी राजतन्त्र हटाउन का लागि गरेको थियो भनेर भन्छ भने ऊ सरासर झूट बोलिरेहेको छ । किनभने यी मरेका मान्छेहरू या त माओवादी र सुरक्षा फौजका भिडन्तमा मरेका थिए अथवा एक अर्काका अपहरण, पक्राउमा परी गेर न्यायिक हत्तयामा परेका थिए । त्यस बाहेक राजनैतिक रूपमा आफ्ना बिरोधी गाउँस्तरका कांग्रेस, एमाले समर्थक शिक्षक र कार्यकर्ताहरूको हत्या मात्र माओवादी हिंस्रक क्रान्तिको लक्ष्य थियो । उनीहरूले दरबारवादी मान्छेहरूलाई कहिल्यै आक्रमण गरेनन् न त केही अपवाद बाहेक राप्रपाका मान्छेहरूलाई नै आक्रमण गरेका थिए । माओवादी हिंसाको पहिलो दशक केवल दलहरू, दलीय राजनीति त बहुदलीय पद्दतिलाई समूल अन्त्य गर्नमा केन्द्रित थियो । यसका लागि उनीहरूले दरबारिया सूत्रहरूसंगको बसउठ र लसपसलाई राम्ररी सदूपयोग गरे । जुन कुरा उनीहरूका शिर्षस्थहरूले समेत बेलाबेलामा फलाकेकै हुन । जुन बेला संसदवादी दलहरू ज्ञानेन्द्रलाई दाम चढाएर राजा बनाउने उपक्रममा थिए, त्यतिबेला माओवादीहरू भने दलहरू बिरुद्द कार्वाही गरी सत्तामा राजाको नियन्त्रण कायम भैदिनु पर्यो भनेर फिराद बोकेर निर्मल निवास धाएको कुरा सबैले सुनेको, पढेको र छर्लंगिएकै हो । ज्ञानेन्द्रको महत्वाकांक्षामा , जब संसदवादी दलहरूले झापड खाए
त्यतिबेला कुनै पनि बेला ज्ञानेन्द्रका दूतहरू सत्ता सहकार्यको निम्तो बोकेर आफ्नो दैलोमा आउलान भनेर माओवादी प्रतिक्षारत रहेको कुरा माओवादीबाट अल्गिगएका मणि थापा र रविन्द्र श्रेष्ठले मात्र हैन त्यही बेला कामरेड प्रचण्ड र लालध्वज बीचको झगडाबाट प्रक्षेपित गालिगलौजको पुलिन्दा पत्रले समेत जाहेर गरेको छैन र ? यही कामरेडी झगडालाई भारतको मध्यस्थतामा सुलह गर्दिनु परेको बिजोग घटनाले माओवादि स्वयं कति राष्ट्रवादी थियो भन्ने समेत प्रमाणित गरेको थिएन र ? त्यही माओवादी गुनको बदलालाई पछिसम्म पर्योग गर्दै दलहरू र माओवादी बीचको सम्झौता गराउन समेत भारतले गरेको प्रयत्नका कारण नै माओवादी भित्रको प्रभावशाली मानिएको प्रचण्ड समूह भारतले देखाएको राजावादी बिरुद्द लाइनमा हिँड्न वाध्य भएको हैन र ? त्यतिबेला त माओवादीभित्र बाबुराम ( लालध्वज) समूहले प्रचण्ड समूहलाई दरवारपरस्तको आरोप अनि प्रचण्ड चौकडीले बाबुरामलाई भारतपरस्तको राम्रै तक्माले सजाएका हैनन् र ? अनि यो कुराको इतिहास पढेका ,देखेका अनि यिनको राजनितिको नौटंकी भोगेका हामीलाई माओवादीले गणतन्त्रको खिचडी कसरी पकाउला भनेर अड्कल गर्न गाह्रो पर्ला र ? यदि कसैलाई माओवादी नेतृत्व बीच नै एक अर्कालाई राजावादी र दरबारपर्सत भनेर गरिएको आरोपी युद्दका बारेमा पढ्न मन लागे म यहीँ पोष्ट गर्दिउँला । नेपालको राजनितिमा लोभी गिद्दे बुढो गिरिजाको जति पनि दरबारियासंगको दूरी अरू राजनैतिक नेता एवं दलले राखेको त मैले देखेको छैन । यो इतिहास सत्य कुरा हो ।
यिनै कुराले मलाई माओवादीको दरबारिया नीतिका बारेमा कांग्रेस र एमालेमा भन्दा बढी आशंका छ । कसैले हिजोदेखिका माओवादी गतिविधिहरू दरबार बिरुद्द थिए संसदीय परिपार्टीका बिरुद्द थिएनन् भन्ने तर्क लिएर प्रमाण सहित आउँछ भने मलाई ती कुरा पढ्ने व्यग्रता छ । अहिले के भनियो हैन हिजो देखिको कसको के नीति र व्यवहार थियो भन्ने कुरा महत्वपूर्ण हो ।
माओवादीको हिंसात्मक युद्दको १२, १४ वर्षे इतिहासलाई देखे भोगेका हामी सबैलाई थाहा भएकै कुरा हो, माओवादी हिंसाको उठान नत शुरुवातमा न त्यसपछिका वर्षहरूमा नृ राजतन्त्र बिरुद्द लक्षित थियो
Comment by अनुजबाबु — May 13, 2008 @ 11:00 am