Posted by: bikash kc May 15, 2008
नेकपा एमालेको महासचिव झलनाथ खनाल
Login in to Rate this Post:     0       ?        

 

what  do you think about this guy?  will he be able to take party to new height?

does anybody have any inside story about him?

 

नेकपा एमालेको महासचिव झलनाथ खनाल

 

 

 

 

 

- अमेरिकादर्पण सम्वाददाता
नेकपा एमालेको महासचिव झलनाथ खनाल काठमाडौं, १५ मे/ नेकपा एमालेको पन्ध्रगतेदेखि जारी केन्द्रीय कमिटिको १८ औं बैठक आज साँझ सम्पन्न भएको छ । बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई महासचिव चयन गरेको छ ।

आजको बैठकमा झलनाथ खनाललाई महासचिव चयन गर्न र परिवर्तनको अनुभूति दिन आवश्यक छ भन्दै निवर्तमान महासचिव माधवकुमार नेपालले प्रस्ताव राख्नुभएको थियो । सो प्रस्तावलाई कार्यवाहक महासचिव अमृतकुमार बोहराले र्समर्थन गर्नुभएपछि सदस्यहरुबीच दिनभरी छलफल भएको थियो । छलफलमा पार्टीमा युवा पुस्तालाई समेट्नुपर्ने, गुटबन्दीको अन्त्य गर्नुपर्ने र पार्टीलाई तल्लो निकायदेखि माथिल्लो निकायसम्म पुनर्गठन गर्नुपर्ने भनाइ आएको थियो ।

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि झलनाथ खनाललाई सर्वसम्मतीले महासचिव चयन गरिएको छ । खनाल तत्कालीन मालेका महासचिव हुनुहुन्थ्यो । उहाँले २०३९ सालदेखि २०४६ सालसम्म महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँकै कार्यकालमा नेकपा माले लोकप्रिय पार्टी बनेको थियो ।

शाही शासनकालमा एमालेका महासचिव माधवकुमार नेपाल नजरबन्दमा पर्नुभएपछि झलनाथ खनालले नै पार्टीको संयोजकको हैसियतले आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

महासचिव चुनिनुभएपछि खनालले अमेरिकादर्पणसँग कुरा गर्दै भन्नुभयो-' नेकपा एमालेलाई अब नयाँ शिराबाट पुनर्गठन गरिनेछ र सबै युवाहरुलाई समेटेर लगिने छ ।' उहाँले अगाडि भन्नुभयो -' पार्टीभित्र देखिएको गुटबन्दीलाई अब सदाका लागि अन्त्य गरिने छ ।'

एमालेको १९औं केन्द्रीय कमिटिको बैठक जेठ ५ गतेदेखि बस्नेछ ।

http://americadarpan.com/news.php?cid=2726

Read Full Discussion Thread for this article