Posted by: crazy_love May 13, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

नभन्दै उसको आबस्यक लुगा गहना भएको सुटकेस बोकेर एउटी जवान केटी कोठामा प्रबेश गरी। सुटकेस भुइँमा राखेर उसलाइ "दर्शन" गरी। सलक्क परेको मिलेको शरिर, रातो सिल्की कपाल, सफा अनुहार हेर्दा घरमा काम सघाउने केटी जस्ती देख्दिन थी। गुलाबी कुर्तामा गीता अझै राम्री खुलेकी थी।

"हजुरले मलाइ बोलाउनु परेमा यो त्यहाँ 'प्रेस'गरिस्योस।" उनिहरुको खाटको छेउनिरको घन्टीको स्विच देखाँउदै गीताले भनी। कोठाको कहाँ के के अबगत गराँउदै सासु गीता उसलाइ छोडेर गए।

 

शायद सजल साथीहरुसङ कुरा गरिरहेको होला भन्दै निलु खाटमा पल्टी। खाट निकै ठुलो र फराकिलो थियो, ६ जना सुत्न मिल्ने जस्तो। राम्रै भयो, राती निलुलाइ निद्रामा घुमी घुमी सुत्ने बानी थियो। राती उसको टाउको भएको ठाँउमा बिहान बिउँझिदा उसको खुट्टा हुन्थ्यो। ठुलो खाटमा उ सजललाइ नछोइकन मज्जाले सुत्न सक्छे। निलुलाइ सारीले कसेको जस्तै भयो। बल्ल उसले दिनभरिको थकाइ महसुस गरी। उसलाइ मुख धुन मन लाग्यो र लुगा फेर्न मन पनि। गहना र मुन्टो निँउराउदा निँउरादा उसको गला भारी भैसकेको थ्यो। सुत्ने बेलामा किन लाउनु पर्‍यो गहना। उ उठेर कोठासङ जोडिएको बाथरूम भित्र गइ। ऐनामा हेर्दा उ झस्की, उ त सजलकी दुलही हो। सजल नआइकन उ कसरी आफै लुगा फेर्न सक्छे। उसले लोग्नेलाइ कुर्नु पर्छ। प्रेममय पहिलो रात हो उसको जिवनको। पुरुष स्पर्श, प्रेम र सुखद यो रात हरेक नारीको जिवनको महत्वपुर्ण घडि हो।

 

निलुले मामु, बुबा, भाइ, बैनीहरु सम्झी। सबैले अहिले उसलाइ सम्झि रहेका होलान्। उसको कोठामा आज को सुत्यो होला? कति शुन्य भयो होला उ बिनाको उसको माइती? पर्सी त उ माइती जान पाँउछे, त्यो रात उ त्यहीँ बस्छे। फेरि भाइ बैनीहरु सङ बसेर गफ गर्छे, हाँस्छे, रातीसम्म फिलिम हेर्छे। के फरक फर्छ र त्यस्तो? उसको घर र माइती कति नैं टाढा छ र? तर, सासुले उसलाइ धेरै माइती नबस भन्नु भयो भने। उ सजललाइ फकाँउछे। उ सजलले उसको कुरा सुन्छ भन्ने कुरामा निस्चिन्त भइ।

 

घन्टाघरको सुइले ११ बजायो। उसको कोठाबाट प्रस्ट सुनियो। उसलाइ निद्राले झुप्प पार्‍यो। सजल नआइकन कसरी सुत्नु? के भन्ला सजलले? निलु खाटमा पल्टी। निद्रा लागेपनि मनमा लुकेका भयहरु लाइ केलाँउदै बसी। सजल आएर उसलाइ जिस्कायो भने, उसको नजिकै आयो भने, उसको हात समातेर अङाल्यो भने। उ के गर्छे? उसको छातिभित्र मुटु ढुकढुक भयो। सजलको शरिरले उसको शरिरलाइ बेर्‍यो भने, उ के भन्छे? सजल त्यस्तो छैन, उ भलादमी छ। पहिला मिठा मिठा कुरा गर्ला अनि त्यसपछि माया। फेरि मन डरायो निलुको। सजलले उसको अनुहारलाइ तातो ओठंले छोयो भने, सजलको हातले उसको शरीरलाइ सुम्सुम्यायो भने। के उ रुन्छे? कि सजललाइ भन्छे उसलाइ एक्दम डर लागेको छ भनेर। निलु बिन्ती गर्छे सजललाइ उ भित्रको लाजलाइ आजको रात प्रेमपुर्बक अङाल्नु भनेर। सजल उसको लोग्ने हो। त्यसैले उ चुपचाप समर्पित भइदिन्छे। यो मिलनको रात, यो क्षण, यो पललाइ उ जिन्दगीभरि आफ्नो मुटुभित्र सङाल्न चाहन्छे।

 

कोठाको ढोका " घर्‍याक्क" खोलियो। शायद सजल भित्र आयो। उसले आँखा चिम्लेर सुतेको जस्तै गरी कुरिरही। सजलले ढोकाको चुकुल लगायो। निलुको शरीर ज्वरो आएको जस्तै तात्तिन थाल्यो। सजल बाथरुम गयो। निलु अब के होला भन्दै बसी, तर आँखा खोलिन। केहि बेरपछि सजलले बत्ति निभायो। निलुको शरीरमा काँडा उम्रियो। मनमनै भगवान पुकारी। सजल खाटमा आयो, निलुले आफ्नो शरीरलाइ खुम्चाउन मिल्ने जति खुम्चाइ, उसलाइ झन डर लाग्यो। सजल पल्टियो खाटमा, अलिकति चलमलायो, लामो स्वास फेर्यो। निलुले स्वास रोकेर बसी। उसको हातभरी पसिना आइसकेकोथ्यो। जिउ फुलेर भारी भै रहेको थ्यो। सजलले उसलाइ बोलाएन, न त सुतेको छ कि छैन भनेर हेर्‍यो। केहि बेरपछि निलुले सजल घुरेको सुनी।

 

सजल सुतेको भनेर थाहा पाए पछि निलु चिसो भइ। के पहिलो रात यस्तै हुन्छ? त्यसो भए मान्छेहरु बिहेको रातलाइ किन बिशेस भन्छन्? सानीले किन त्यसै जिस्काइ उसलाइ? सजल कोठामा आउनासाथ कसरी सुत्यो? जबकी उसलाइ सुत्न मन लागे पनि सजललाइ कुरेर बसी। उसको शरीर गल्यो, निलुको निद्रा सबै भाग्यो। घन्टाघरको घडीले १ बजायो, २ बजायो, निलु सुत्न सकिन। उ कारण जान्न चाही सजलले किन उसलाइ हेरेन। दिँउसो जग्गेमा उसले लुकि लुकि सजललाइ हेरेकी थी। सजल अरुतिर मात्र हेरिरहेको हुन्थ्यो। के सजलले उसलाइ मन पराँउदैन? त्यसो भए किन बिहे गर्‍यो त? कि उसको अर्कै केटी छ? छ भने भन्नु पर्थ्यो पहिले नैं। अब समय बितिसक्यो। दुनियाको अगाडी उसले निलुलाइ बिहे गरेर ल्याएको छ। नानाभाँती कुराहरुले निलुलाइ शंकित बनायो। उसलाइ बिहे अगाडी किन सजलसङ एक्लै कुरा गरिन भन्ने पछुतो लाग्यो। उसको जिबन भर्खर शुरु मात्र भएको छ। उसले कहिले पनि अरु केटालाइ त्यस्तो नजरले हेरिन। उसलाइ मन पराउनेहरु नभएका होइनन्। तर बुबाले प्रेम बिबाह घरमा बर्जित गर्नु भएकोथ्यो। त्यसैले उसले कसैलाइ पनि आश देखाइन। मनमा अंकुरित प्रेमलाइ मौलाउनै दिन। सजल नैं उसको जिबनको पहिलो पुरुष थियो जसको लागी निलुको मनमा प्रेम पलाएकोथ्यो। सजल त्यति राम्रो र सफल छ, प्रतिस्ठा र सम्पति भएको केटाको कोहि प्रेमिका नहुनु असम्भव ! झन उ देश बिदेश घुम्ने मान्छे, उसको पछि कति केटीहरु लाग्छन होला? कतिसङ उसको प्रेम पनि भयो होला, निलुले यो कुरा किन सोचिन? उसको बुबाले यो सबै कुरा किन खोज्नु भएन? के अब निलुको जिवन आँशुमा डुब्ने भयो? के सजल ले नाटक जस्तो बिहे गर्‍यो? निलु छटपट्टाइ। कस्तो नराम्रो कुरा मात्र सोचेकि? अर्को सकारात्मक मनबाट निलु बोली। सजल थाकेको हुन सक्छ र निलु सुतिसकी भनेर उ पनि सुतेको हुन सक्छ। के यो पहिलो रात मात्र छ र उनिहरुको जिन्दगीमा? भोलीको रात पनि छ नि। जिबनभरीका अनगिन्ती रातहरु कुरेर बसेका छन् निलुको पबित्र बैंशलाइ प्रेमपुर्बक त्रिप्त बनाउन। घन्टाघरको सुइले बिहानको ४ बजाँउदा निलुको बोझिल आँखाहरु बिस्तारै निदाउन थाले।

 

क्रमश:…..

Read Full Discussion Thread for this article