दीप जी,
सादर प्रणाम।
यो धागो मैले पनि सदा झै कुनै मार्मिक कथा होला भनेर पढेको थिएं। एक छिन् लाग्यो यो कुनै ठट्टा हो। साझा लाई यती बिघ्न मोहित गर्ने केही धागो हरु छन भने तो तपाईं को कथा हो। बाङे महात्म्य जती बाङो थियो घर त्यती नै सोझो थियो। एक साधारण लेखक कै हैसियतमा भन्दा, नेपाली साहित्यमा स्थापित धेरै थोरै कथाकार हरु मात्र छन, दीप जि संग तुलना गर्न योग्य, जस्तो, मधुवन पौडेल, गोरख बहादुर सिंह, मनु ब्राजाकी। तपाईंको लेखकिय बाट प्रभाबित भै मैले नि केही लेख्ने प्रयास गरेको छु। साझा लाई मात्रा योगदान होइन, नेपाली गद्य साहित्यमा पनि तपाईंको हस्ताक्षर उल्लेख्य छ।
किन कता जानु हुने साझा लाई छोडेर, नभनिकन कहाँ जान पाउनु हुन्छ?
जहा गए नि साझा लाई माया मार्न कहाँ पाईन्छ र। उ हेर्नुहोस्, झिल्के ब्रो (Amazing) फर्केर आउनु भयो। मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन भन्दै...............................................।
म बाट गल्ती भएको छ भने माफि माग्दै साझा लाई त्याग्ने निर्णय बदर गर्नु हुन हार्दिक आग्रह गर्दछु।
उही
राहुले।