Posted by: sprakashp May 8, 2008
देशभित्र देश हराइरहेछ
Login in to Rate this Post:     0       ?        

देशभित्र देश हराइरहेछ

शिव प्रकाश

 

मान्छे
तर मान्छेभित्र
मान्छे हाराइरहेछ
इश्वर
त्यो  ईश्वरभित्र
अस्तित्व हराइरहेछ
हराइको मान्छे
ईश्वरको अस्तित्वको
खोजिमा हराइरहेछ
देश
तर देशभित्र
मेरो देश हराइरहेछ
आफू
त्यो आफूभित्र
आफैं हराइरहेछ
हराइहरहेको मेरो देश
आफूभित्र
आफ्नै खोजिमा हराइरहेछ

बोस्टन / अमेरिका  मे ८, २००८

 

Read Full Discussion Thread for this article