दिपदा,
शायद कुनै पनि बस्तुको अनुपस्थिति हुदा उसको उपस्थिति कति महत्वको थियो भन्ने कुराको अनुभूती हुने गर्छ र आज बिदाई भनेर साच्चिनै मलाई सोच्न बाध्य बनाउनु भयो। चौतारीको बसिबियाँलोमा दिप र मिस-मी बिच भएको कबितात्मक दोहरीलाई मैले एउटा मिठो मालाको रुपमा उनेकि छु , हास्दा बोल्दा र मजाक मा पनि मिठो टुक्राटुक्रि बनेका रहेछन --- हुन त म पनि साझामा त्यति आउदिन तर, जुन बेला आउँछु 'नमस्ते' मात्रै भन्दा पनि रमाइलो संगै केहि श्रृजनात्मक कुरो गर्न पाइयोस जस्तो लाग्छ-- दिपदा र म बिच चौतारीमा भएको दोहरीको केही अंशहरु(यसो त थुपै बनेका रहेछन यस्ता टुक्रा हरु ) ---
दिप-
बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै
बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै'
मि-
ब्यर्थ बाचा यता उता दोधारमै साच्चै
संबन्ध नि बन्धन झै भैरहने मात्रै :)
दिप-
बाचा ब्यर्थ नभन त्यसरी ब्यर्थ त दोधार हो
बंधन दोधारको संबन्ध भ्रमको यथार्थ झै त हो
मि-
बाचा मिथ्थ्या जिवन को अधोगति मार्ग हो
संबन्धलाई भ्रमदिने निराश त्यो पाइला हो
दिप,
बिर्सेर बिर्सीने स्वप्न होईन म भो डर नमान
रहरमा बाँच्ने स्पर्श हुँ म अधरलाई अभर नठान
मि-
निर्धक्क छु संझना यो मेटिएर जाने छैन
सम्झु कसरी स्पर्श जस्को कुनै नाम छैन
म खासै लेख्दिन तर पनि चौतारीमा दिपदासंगको साथ र साथित्वलाई चै मैले मिठो संझनाको रुपमा लिएकि छु।
दिपदा हजुरका आगामी पाइलाहरु सफल र सुखदायी बनुन!