Posted by: PallaGhareAntare May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

चिनेजानेका नचिने नजानेका सप्पै गाम्लेलाई नमस्कार। धेर भो कि क्या हो चौतारी च्याउन नपा', मिस दिदीले भने झैं नौलो नौलो लाग्छ बा। अब त हाम्रो नि नयाँ नाम राख्देलान भन्नि डर भो।

रिठ्ठे, पर्वते, लहरे, नेप्चे, मिस दिदी, नेत्रे के छ हालखबर? अरुलाई त रामरी चिन्या छैन के रे, बाले नचिन्या मुन्छेसंग नबोल्नु भन्या छन। 

यसपाली चैं साहू बुढाले सांच्चिकै मुन्टानामा मुन्ट्याइदे एक डेढ महिनाको लागी, बरबाद छ जिन्दगी, उराठ् लाग्दो फाँटैफाँट बाहेक केहि छैन। यो भन्दा त हाम्रो मनाङ, मुस्ताङै राम्रो थ्यो बरु। यता नेपाली त के देशी नि देखिन्नन, क्यारेर बिताउनि होला दिन।

अनि मिस दिदी नरिसाउनु है। मैले याँ छु भन्यो कि रिसाउनु हुन्छ, किन भन्नु परो भनेर। क्यार्नु र कोइ नेपाली भेटिन्छन कि आफू भा ठाउंमा भनेर हो।

Read Full Discussion Thread for this article