Posted by: Birkhe_Maila May 8, 2008
डायरिबाट एउटा पुरानो Poem
Login in to Rate this Post:     0       ?        

कविता ठिक छ स्याटेलाइट जी!

मेरो बिचारमा कथामा शब्द प्रयोगको जुन स्वच्छन्दता छ त्यस्तो कवितामा अलि गाह्रो हुन्छ होला! अङ्ग/रेजी शब्द राख्दा नेपाली फन्ट मै राख्दा कसो होला कवितामा?

 "गिटारका प्रत्येक ट्युनहरुमा समेत
म तिम्रै त्यहि आवाज महशुस गरिरहेछु!"

गौतमजीले भन्नेगर्नुहुन्थ्यो, भावनालाई, सकेसम्म कम शब्दमा, पहिलो हरफले दोश्रो हरफ र दोश्रो हरफले तेश्रो हरफ गर्दै एक अर्कालाई जोडेर बनेको कविता असल बन्छ भनेर!

यो गजबको लेख्नुभयो-

"".... एउटा असल मान्छे बन्ने प्रयासमा
छोडियका चुरोटका बाँकि अंशहरु
म माथि अझै हाँसिरहेका छन...""

यसलाई, यसरि लेख्दा कस्तो होला?

एउटा असल मान्छे बन्ने प्रयासमा छोडियका

चुरोटका बाँकि अंशहरु

म माथि अझै हाँसिरहेका छन

कथा त छँदै थियो कविता पनि कोर्नुहुँदोरहेछ, शुभकामना छ!



 

Read Full Discussion Thread for this article