Posted by: Birkhe_Maila May 8, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

तारा हिमालमा

बुट्टा भर्दैछु जाली रुमालमा!!

अब जालि भएको रुमालमा प्वाल नै प्वाल हुन्छ बुट्टा कसरि भर्ने होला! तर जसरि बुट्टा भरे पनि हामि फेरि आज आइपुगेका छौँ उहि तपाइँ हामि सबैको चिरपरिचीत चौतारीमा! उ उता कान्ला माथि बसेर हर्के बङ्गुर काट्दै छ र बिच बिचमा सुसेलि पनि हाल्दै छ " मेरो माया कहा पुग्यो होला दिनमा आऊने सुर्जेलाई थाहा होला...."! अलि पर बुट्यान पछाडि त्यो रातो गम्छा मा गमक्क परेर रातो टिका लगाऊने को होला? ए एक्ले रहेछ बिहानै बहलामुखि गएर ताजा ताजा भएर नाचगान गर्न कम्मर कसेर आएको!! उता ठुल्दाई सधैँ झै हसिलो मुहार लिएर तारेमामको गुनजन सहित हाजिर भैसक्नु भएको छ र चियाको केत्लीमा चिया पकाउने कुरा गर्दै हुनुहुन्छ! रिटठे जोर मादल भिरेर मारुनि गाउन तत्पर देखिन्छ बिश्वको सबै भाषामा! बसन्ती पनि चौबन्दी चोलो र सिफनको सारिमा निकै चिटिक्क परेर आएकि छिन, रातो धागो बाँधेकि र गाजल लगाएकि अहिले नै नाचौँला जस्तो गर्दैछिन्! रबि पनि मुग्लान बाट फर्केर यहि चौतारीमा माया पिरती गाँस्न र एकछिन हाँस्न आइपुग्यो! .........सबै चौतारीमा पाल्नुहुने तथा चौतारी पढेर समय फाल्नुहुने महानुभावहरुलाई जदौ! यो बिर्खे माईलाको!!!

हाssss आकाशैमा कालो बादल होssssssssssss

आकाशैमा कालो बादल पानी पर्छ झम झम

पानी पर्छ झम झम

नाचन मेरी मारुनी आँगनीमा छम छम.....

Read Full Discussion Thread for this article