Posted by: Birkhe_Maila May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

पद, अख्तियार तथा अख्तियार दुरुपयोग सम्बन्धमा ३५ घन्टे सुचना:

बिगत २-३ महिना सम्म यस चौतारीका बिभिन्न बिभागहरुको अडिट नगरिएको, अडिट गरिए पनि आफ्नै गाइजात्रे पाराले गरिएको, पदमा हुनेले पदको कर्तव्य पालना नगरेको, कर्तव्य चाहिने भन्दा बढि पालना गरेको, पदको अख्तियारी अरुलाई सुम्पेको, आफैँले आफैँलाई स्वघोषित रुपमा पदभार प्रदान गरेको, राजिनामा दिएको तथा अख्तियारीको दुरुपयोग गरेको कुरा खुल्न आएकोले, अहिलेको समयले ३५ घन्टा भित्रमा निम्न बिभागको काम कार्वाहि तथा पदभारको वर्तमान स्थितीको बारेमा स्पष्टिकरण दिनुहुन यो सुचना प्रकाशित गरिएको छ।

बिभागहरु-

१) चौतारी रसरंग बिभाग

२) चौतारी गित संगित टाँसटुस बिभाग

३) चौतारी निर्माण तथा सम्हार बिभाग

४) चौतारी पाहुना नामांकरण तथा स्वागत बिभाग

५) चौतारी डाङडुङ तथा गालिगलौज बिभाग

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

Read Full Discussion Thread for this article